जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कुमारी बैंक र पायोरिटी पासबीच ‘एयरपोर्ट लाउन्ज की’ सुविधासम्बन्धी सम्झौता

कुमारी बैंक र पायोरिटी पासबीच ‘एयरपोर्ट लाउन्ज की’ सुविधासम्बन्धी सम्झौता

कुमारी बैंक र पायोरिटी पास (एपी) लिमिटेडबीच ‘एयरपोर्ट लाउन्ज की’ सुविधासम्बन्धी सम्झौता भएको छ।

यो सुविधासम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट चिफ इन्भेस्टमेन्ट एन्ड मार्केटिङ अफिसर चन्दन कार्की र पायोरिटी पास (एपी)का तर्फबाट एसिया प्यासिफिक प्रेसिडेन्ट टोड ह्यान्डककले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकले ४०० भन्दा बढी एयरपोर्टका १ हजार १०० बढी लाउन्जहरुमा यो सुविधा पाउनेछन्। योसँगै कुमारी बैंकले लक्जिरियोस् क्लास लाउन्ज सुविधा पाउनेछन्। जुन सुविधा यसअघि फर्स्ट क्लास र बिजनेस क्लासका यात्रुले मात्रै पाउँथे।

कुमारी बैंकका भिसा कार्डबाहकले ‘एयरपोर्ट लाउन्ज की’ सुविधा पाउनेछन्। यसबारे थप जानकारी कुमारी बैंकको नजिकको शाखा कार्यालय वा ०१–५९७०४९९ फोन गरी प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

कुमारी बैंकले विगत २ दशकदेखि नवीनतम र प्रभावकारी सेवा–सुविधाले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ग्राहकलाई इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङजस्ता आधुनिक बैंकिङ सुविधा प्रदान गर्न कटिबद्ध रहेको बैंकले जनाएको छ।

बैंकले हाल देशभर ३०२ वटा शाखा, ४८ वटा एक्सटेन्सन काउन्ट, ६३ वटा शाखारहित बैंकिङ इकाइ र २९६ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

2420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका