जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • फोर्स गाडी किन्न रिलायन्स फाइनान्सले ७० प्रतिशत कर्जा दिने

फोर्स गाडी किन्न रिलायन्स फाइनान्सले ७० प्रतिशत कर्जा दिने

फोर्स गाडी किन्न रिलायन्स फाइनान्सले ७० प्रतिशत कर्जा दिने भएको छ ।

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्ससंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ ।

आयाम इन्टरकन्टिनेटलका तर्फबाट कम्पनीका अध्यक्ष डा.धु्रव थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्य ज्यूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटलको सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रा. लि.का देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।

साथै, फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ । यस कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा फ्री लगायतका आफरहरु सार्वजनिक गरेको छ ।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?