जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनबीए र आईआईएनबीच ईएसजीमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सम्झौता

एनबीए र आईआईएनबीच ईएसजीमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सम्झौता

नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी)मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता भएको छ।

यो सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको बार्सिलोनास्थत University of Pompeu Fabra Barcelona School of Management (UPF-BSM) को वातावरणीय, सामाजिक र सुशासन .(ईएसजी)मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिनेछ।

यो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ईएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ।

सम्झौतापत्रमा एनबीएका अध्यक्ष सुनिल केसी र आईआईएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन्।

3020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?