जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको नयाँ शाखा दलदले नवलपरासीमा सञ्चालन

एभरेष्ट बैंकको नयाँ शाखा दलदले नवलपरासीमा सञ्चालन

एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले सोमबार नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको हो ।

उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य संध देवचुली नगरपालिकाका वरिस्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरिक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६१ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

3130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका