जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीलाई नियुक्ति

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीलाई नियुक्ति

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने भएको छ । आज बसेको सञ्चालक समितिको ३४१ औं  बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले पराजुलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरे पनि बीमा समितिबाट स्वीकृति लिन भने बाँकी छ । बीमा समितिले स्वीकृति दिए पछि मात्रै कम्पनीले आधिकारिक रुपमा नियुक्ति गर्नेछ ।

नेपाल लाइफले पराजुलीलाई गत पुस २५ गते वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ)मा नियुक्त गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्षे कार्यकाल पुरा गरेर गत पुस १४ गतेदेखि बाहिरिएका पराजुली एक तह घटुवा भएर नेपाल लाइफ भित्रिएका थिए । कम्पनीले सुरुवाति अवस्थामा पराजुलीलाई डिसिइओमै राख्ने र प्रमुख कार्यकारी अधिकृतमा बाहिरबाट ल्याउने योजनामा थियो । तर आफुले भने जस्तो व्यक्ति नपाए पछि कम्पनीले पराजुलीलाई नै नियुक्ति गर्ने निर्णय गरेको हो ।

बीमा समितिले कम्पनीलाई सिइओ पदमा छिटो भन्दा छिटो नियुक्त गर्न बारम्बार दवाव दिए पनि पराजुलीको कुलिङ पिरियड कुरेर बसेको जानकारी दिदै आएको थियो । समितिले केहि समय अगाडी कम्पनीलाई बोलाएर किन प्रमुख कार्यकारी अधिकृत नियुक्त नगरेको भन्दै स्पष्टिकरण सोधेको थियो । समितिले स्पष्टिकरण सोध्दा कम्पनीले यहि साउन भित्र जसरी पनि नियुक्त गर्ने जवाफ दिएको थियो ।

बीमा समितिलाई जवाफ दिए अनुसार नै कम्पनीले पराजुलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भएको हो । ६ महिनाको प्रतिक्षा पछि पराजुली नेपालकै सबैभन्दा ठुलो बीमा कम्पनीको सिइओ बन्दै छन् ।

2430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका