जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीले खाद्यान्न उपलब्ध गराउने

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीले खाद्यान्न उपलब्ध गराउने

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड १९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन् । अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले खाद्य र आधारभूत सरसफाइका  सामग्रीहरू कन्चनपुरका पूर्व हलियाहरूसमेत मोरङ र सप्तरीका २५० परिवारलाई बाँड्नेछन् । 

मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई  ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाको लागि चामल, दाल, खाने तेल, नुन लगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू बाँड्नेछन् ।  

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “कोभिड १९ को महामारीबीच मेटलाइफले नेपालका परिवारहरूका आकस्मिक आवश्यकता  सम्बोधन गर्नको लागि राहतका सामग्रीहरू बितरण गर्ने काम जारी राखेको छ । एउटा कम्पनीको रूपमा हाम्रो उद्देश्य मानिसहरूलाई आत्मबल युक्त भविष्य निर्माण गर्न सहयोग गर्नु हो । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालसँगको साझेदारीबाट हामीले देशका  विपन्न परिवारहरूको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने सक्नेछौँ भन्ने आशा लिएका छौँ ।” 

ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको ‘आश्रयको(लागि(खाना’ कार्यक्रमले कम गुणस्तरको आवास सम्बन्धी दीर्घकालीन विषयहरू समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले सबैभन्दा विपन्न र सीमान्तकृत परिवारहरूलाई सुरक्षित आश्रय निर्माण गर्न र कोभिड(१९ ले पारेको तत्कालिन असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउने व्यवस्था गर्दछ । 

4370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?