जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता

माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ । यी दुई संस्थाबीचमा वित्तीय डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको हो । बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्देश्यले प्याब्सन संगको सहकार्यमा देश व्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त सम्झौतामा माछापुच्छ«े बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एंव निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)कातर्फबाट अध्यक्ष डिके ढुङ्गानाूले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरु प्रसाद पौडेलले वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरि उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष एंव गैरआवासिय संघका संस्थापक अध्यक्षडा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका