जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • युनिलिभरको नाफा १३७ प्रतिशतले बढ्यो

युनिलिभरको नाफा १३७ प्रतिशतले बढ्यो

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफामा उल्लेख्य बृद्धि देखिएको छ। पोहोरभन्दा नाफा १३६.८० प्रतिशतले बढेको छ।

कम्पनीले शुक्रबार चालु आर्थिक बर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १३ करोड १५ लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको जनाएको छ।

कम्पनीले उत्पादनमा ब्यापक बृद्धि गरेको छ। अन्य खर्च तुलनात्मक रुपमा घटाएर उत्पादन तथा बिक्री बढाएका कारण नाफा उच्च दरले बढेको हो।

कम्पनीले उत्पादन बिक्रीबाट हुने आम्दानी ४२ प्रतिशतले बढाएर एक अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ। यसका लागि लाग्ने कच्चा पदार्थको खर्च बृद्धि जम्मा साढे २७ प्रतिशत मात्र छ। कुल ८० करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ।

कम्पनीको कर्मचारी, अन्य सञ्चालन लगायत कुल खर्च २३ प्रतिशतले मात्र बढेको छ। यसमा सबैभन्दा बढि खर्च कच्चा पदार्थको छ। कुल खर्च एक अर्ब ३० करोड रुपैयाँ छ।

5670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका