जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बैंकहरुले प्रशिक्षार्थी कर्मचारीलाई संवेदनशील क्षेत्रमा पहुँच दिएः राष्ट्र बैंक

बैंकहरुले प्रशिक्षार्थी कर्मचारीलाई संवेदनशील क्षेत्रमा पहुँच दिएः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरुले प्रशिक्षार्थी कर्मचारीलाई कोर बैंकिङ सिस्टमजस्तो संवेदनशील क्षेत्रमा प्रयोगकर्ताको रूपमा समेत पहुँच दिइएको जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।
यो राष्ट्र बैंकको एकीकृत निर्देशिकाविपरीत हो ।रेमिट्यान्स मुद्दती खाता खोल्न आवश्यक रेमिट्यान्स आयस्रोत खुल्ने कागजातविना नै ग्राहकको स्वघोषणाका आधारमा खाता खोलिएको पाइएको छ ।

धेरैजसो बैंकका शाखामा एउटै कर्मचारीको भरमा एटिएम र पिन नम्बरलाई निगरानीमा राखिएको छ । त्यस्तै, सीसीटीभीको उचित व्यवस्थापन नभएको पाइएको छ । ९० दिनभन्दा कम अवधिको प्रमाण राख्ने र स्पष्ट दृश्य नआउने खालमा सिसिटिभी जडान गरिएको प्रतिवेदनमा उल्लेख छ

2190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका