जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता भएको छ।

सहकार्यसम्बन्धी सम्झौतापत्र (एओसी)मा विभिन्न गतिविधिमा ३ वर्षसम्म प्रभावकारी सहकार्य गर्ने दुवै संस्था सहमत भएका हुन्। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसका चिफ अफ पार्टी अग्निज लुजले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकको एएमइज र एमएसएमइज क्षेत्रमा वित्तीय पहँुच र नवीन समाधानको विकास गर्न यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसले प्राविधिक विज्ञता उपलब्ध गराउनेछ। बैंकले भने वित्तीय तयारीका साथ व्यापार समाधानको अनुकूल प्याकेज आफ्ना शाखा र अनलाइन माध्यमबाट उपलब्ध गराउनेछ। यो योजनाअन्तर्गत बैंकले आर्थिक वर्ष २०८०–८१ मा १० हजार नयाँ एसएमइज र एमएसएमइजलाई ‘बैंकिङ/क्रेडिट रेडी’ एसएमइज तथा एमएसएमई सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ।

यसका साथै यो कार्यक्रममार्फत १ हजार योग्य महिला उद्यमीको पहिचान गरी कर्जा सुविधा पनि प्रदान गरिने बैंकले जनाएको छ।

कोभिड–१९ महामारीबाट पुनरुउत्थान हुँदै गरेको नेपालको अर्थतन्त्रलाई वृद्धिको नयाँ बाटोमा लैजाने उद्देश्य ५ वर्षे गतिविधिका रुपमा यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेस कार्यक्रम आएको हो।

विगत २ दशकदेखि कुमारी बैंकले आफ्ना ग्राहकलाई नवीनतम तथा प्रभावकारी सेवा–सुविधा प्रदान गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु जस्तै– इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा उपलब्ध गराएउँदै आएको छ।

देशभर रहेका ३२० शाखा, ४८ वटा एक्सटेन्सन काउन्ट, ६३ शाखारहित बैंकिङ इकाइ र २९६ वटा एटीएममार्फत बैंकले बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका