जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान , यस्ता छन् ५ प्रस्ताव

अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान , यस्ता छन् ५ प्रस्ताव

अजोड इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ९ गते शुक्रबार काठमाडौँ स्थित लैनचौर ब्यांक्वेटमा विशेष साधारणसभा आह्वान गरेको हो।

सभामा मर्जर समबन्धि प्रस्तावहरु पारित हुने छन् । हाल प्रभु इन्स्योरेन्स र अजोड़ इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् ।  कम्पनीले विशेस साधारणसभा प्रयोजनको लागि मङ्सिर २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

यस्तो छ कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:१) नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्ट्रिगत गरी अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्न/गाभिन तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त निर्जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि मिति २०७२।०२।२५ गते बसेको संचालक समितिको १०५ औ बैठकबाट गाभ्न/गाभिन तथा प्राप्ति गर्ने सम्बन्धी उपसमिति गठन गर्ने र सोको स्वीकृतिका लागि श्री बीमा समितिमा पेश गर्ने निर्णय गरी श्री बीमा समितिमा पेश भएकोमा समितिबाट मर्जर अध्ययन कमिटीको स्वीकृति प्राप्त भएको हुँदा उक्त मर्जर अध्ययन कमिटी गठन गर्ने बारेको निर्णय अनुमोदन गर्ने सम्बन्धमा।

२. एक आपसमा गान/गाभिन तथा प्राप्ति गर्ने प्रयोजनका लागि कम्पनीको सम्पत्ति तथा दायित्वको मल्याइन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरू नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (DDA) गर्न, आवश्यकता अनुसार बीमाडीय मूल्याइनका लागि परामर्शदाता, मूल्याङ्कनकर्ता लगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्न तथा कम्पनी एक आपसमा गाभ्न/गाभिनसंग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्न/गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३. कम्पनीमा संस्थापक समुह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन (Conversion) गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने सम्बन्धमा।

४) उपरोक्त प्रस्ताव नं. ३ को व्यवस्था समेत समावेश गरि सम्बन्धित नियामक निकायबाट स्वीकृति पश्चात कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा।

५. उपरोक्त प्रस्तावहरुको सम्बन्धमा सम्बन्धित निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणीत गर्न, दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिन समेत संचालक समितिलाई अख्तियार दिने सम्बन्धमा ।

2015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?