जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एकैपटक ७०० अभिकर्ताहरुलाई नेशनल लाईफको तालिम र सम्मान

एकैपटक ७०० अभिकर्ताहरुलाई नेशनल लाईफको तालिम र सम्मान

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी वृहत अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले शनिबार झापा, दमक स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एमडिआरटी सम्मान तथा वृहत अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको हो । “रन फर इन्कम चेज योर एमडिआरटी” भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसंग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरुबीच सो कार्यक्रम गरेको हो ।

अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्न गरिएको सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उद्घाटन गरेका थिए ।

सोही अवसरमा सीइओ खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराए । अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने उनको भनाई थियो । यसका साथै कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनका अनुसार यो कार्यक्रम काठमाडौ, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरता अनुसार आज दमकमा गर्न लागिएको जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा करिब ७०० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उनीहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले प्रशिक्षण गरेका थिए ।

समय भन्दा अगावै एमडिआरटीको लक्ष्य पुरा गरी सकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए । कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राई को सभापतित्वमा सम्पन्न भएको थियो ।

1185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका