जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीमा कम्पनीले तोकेकै समयमा पुँजी पुर्‍याउनुपर्ने, नपुगे अर्को वर्ष समितिले फोर्स मर्जर गर्ने

बीमा कम्पनीले तोकेकै समयमा पुँजी पुर्‍याउनुपर्ने, नपुगे अर्को वर्ष समितिले फोर्स मर्जर गर्ने

बीमा कम्पनीहरुले मर्जरमा गएर भए पनि तोकिएको समयभित्र चुक्ता पुँजी बढाउनुपर्ने बीमा समितिले बताएको छ।

बीमा कम्पनीको सङ्ख्या घटाउन, पुँजी वृद्धि गर्न, बीमकको जोखिम धारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय भएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए।

नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा बीमा समितिमा आयोजित शुभकामना कार्यक्रममा सिलवालले समितिको निर्देशनबमोजिम कम्पनीहरुले स्वः स्फूर्तरूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने  बताए। कार्यक्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू समेतको उपस्थिति थियो।

‘बीमा कम्पनीहरूसँग ३० दिनभित्र पुँजी वृद्धिको योजना मागेका छौं। समितिले पुँजी वृद्धि गर्नुपर्छ। एक्लै पुँजी बढाउन नसके मर्जरमा जानुपर्छ।यसमा आवश्यक सहजीकरण एवम् सहयोग गर्न समिति तयार छ,’ सिलवालले भने, ‘कम्पनीले पुँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्छ।’

बीमा व्यवसायलाई स्थापित रूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको पनि जनाएको छ। उक्त नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास रहेको सिलवालले बताए।

विभिन्न जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ता लगायतलाई तालिम दिनका लागि सातवटै प्रदेशमा तालिम संचालन गर्न इन्स्योरेन्स इन्ष्टिच्युट नेपाललाई समितिले निर्देशन दिइएको छ। बीमाप्रतिको विश्वास बढाउन, सरेण्डरको अवस्था आउन नदिन र बीमा व्यवसायलाई सफल बनाउन सबै लाग्नुपर्ने समितिले जनाएको छ।

बीमाको पहुँच बढाउनका लागि बीमा समितिले प्रादेशिकस्तरमा शाखा कार्यालय स्थापना गर्न लागेको कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। समितिको प्रयासबाट बीमा क्षेत्रमा सुशासनमा केही सुधार भएको, बीमाको दायरा सरकारले लिएको लक्ष्यभन्दा पनि बढेको र विभिन्न प्रदेशहरूमा बीमाको फोकल पर्सन तोक्ने कार्य समेत भएको उनले जानकारी दिए।

2305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका