जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको रकम फिर्ता हुन्छः नमराज घिमिरे

सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको रकम फिर्ता हुन्छः नमराज घिमिरे

सहकारी विभागका रजिष्टार नमराज घिमिरेले बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने बताएका छन् । बचतकर्तालाई न्याय प्रदान गर्न नसकिएको खण्डमा सहकारी बचाउनुको औचित्य पनि नरहेको उनको भनाइ छ ।

काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले भने, ‘सहकारी बचाउनुपर्छ, तर बचतकर्तालाई अन्यायमा पारेर होइन । बचत फिर्ता नगराएर सहकारी बचाउनुको कुनै अर्थ पनि छैन । बचतकर्तालाई न्याय प्रदान गर्न सकिएन भने त्यो सहकारी बच्दापनि बच्दैन ।’

बचतकर्ताहरुले सहकारीलाई गरेको विश्वासमा संकट आएको कारणले अहिले सहकारीहरुमा समस्या देखिएको उनको बुझाइ छ । विश्व आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा पनि परेको उनको दाबी छ । नेपालको वित्तिय क्षेत्रको १९ प्रतिशत हिस्सा सहकारीले ओगटेको उनले बताए ।

सहकारीको सिद्धान्तअनुसार समूदायमा आधारित हुनुपर्ने भएपनि नेपालमा बचतकर्तामा आधारित बनाउँदा समस्या आएको उनले बताए । सहकारीको पैसा बचतकर्तामामात्रै लगानी गर्ने सहकारीको सिद्धान्त भएपनि सञ्चालकहरुले घरजग्गा र शेयर कारोबारमा लगानी गर्दा अहिलेको समस्या आएको उनको आरोप छ । नेपालमा सहकारीलाई पैसा संकलनको माध्यममात्रै बनाइँदा समस्या उत्पन्न भएको उनले बताए । अहिले साना तथा ठूला सबै प्रकारका सहकारीमा समस्या रहेको सहकारीका सञ्चालकहरु सदस्यहरुसँग टाढा हुँदापनि समस्या विकराल हुँदै गएको उनको बुझाइ छ ।

उनले संस्थाको सञ्चालकले बचतकर्तालाई बचतको सुरक्षा छ भनेर भन्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताए । विश्वका विकसित मुलुकको विकास सहकारीबाट नै भएको बताउँदै उनले नेपालमा पनि सहकारी अभियान अगाडि बढाउन आवश्यक रहेको बताए । आफ्नो सिमित स्वार्थ पूरा गर्नमात्रै काम गरेका केही सञ्चालकहरुलाई पाता कस्ने काम सरकारले गरिरहेको उनको भनाइ छ । धितो नराखी ऋण दिएको खण्डमा सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको बचत रकम फिर्ता गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?