जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वातावरण दिवसमा सांग्रिला बैंकको वृहत साइकल र्याली, सहभागीलाई बिरुवा उपहार

वातावरण दिवसमा सांग्रिला बैंकको वृहत साइकल र्याली, सहभागीलाई बिरुवा उपहार

सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले शनिवार बिहान काठमाण्डौमा वृहत साइकल र्याली आयोजना गरेको छ ।  विश्व वातावरण दिवसको अवसरमा ४०० भन्दा बढीको सहभागितामा सांग्रिला बैंकले साइकल र्याली आयोजना गरेको हो । इन्धन जोगाऔं, पृथ्वी बचाऔं भन्ने मूल नाराका साथ यसपटकको विश्व वातावरण दिवस विश्वभर मनाइँदैछ । यसैको पूर्वसन्ध्यामा बैंकले कार्यक्रम आयोजना गरेको हो ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)सँगको सहकार्यमा बैंकले साइकल र्याली आयोजना गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बालुवाटारस्थित बैंक परिसरमा साइकल राइडरहरुको भेलालाई सम्बोधन गरेका थिए । उनले सो क्रममा काठमाण्डौलाई साइकलको शहरको रुपमा विकास गर्नुपर्ने, स्वच्छ र सुन्दर काठमाण्डौको निर्माण गर्नुपर्ने र वातावरण संरक्षणका लागि सबै पक्षको जागरुकता आवश्यक रहेको बताएका थिए । उनको सम्बोधनपछि सुरु भएको साइकल र्यालीले बालुवाटारबाट गैरीधारा, नारायणचौर,नागपोखरी, नारायणहिटि, दरबारमार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा,जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन एम्बेसी हुँदै सानो गौचरण पुगेर करिब १० किलोमिटरको यात्रा पूरा गरेको थियो।

उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रायोजक, विभिन्न कर्पोरेट हाउसका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

यो कार्यक्रमबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धनप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययी प्रयोग एवम् साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनका निम्ति सामाजिक चेतना फैलाउन महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरेको बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले जानकारी दिए ।

बैंकले प्रत्येक वर्षको विश्व वातावरण दिवसमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने समेत उनले प्रतिबद्धता जनाए ।

साइकल र्यालीमा सहभागी सबैलाई टिसर्ट र मायाको चिनोको रुपमा एक एक वटा बिरुवा प्रदान गरिएको थियो । साथै, साइकल र्यालीमा सहभागीमध्ये गोलप्रथाबाट भाग्यमानी सावित राधाकृष्ण श्रेष्ठले उपहारको रुपमा एउटा नयाँ साइकल पनि हात पारेका थिए ।

 

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?