जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुक्रबारदेखि, दुई दिन बन्द रहने

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुक्रबारदेखि, दुई दिन बन्द रहने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको असार २९ गते एकीकृत कारोबार हुने भएको छ। यी दुई कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जेठ २९ गते अन्तिम स्वीकृत पाएको थियो। नेपाल धितोपत्र बोर्डबाट मंगलबार मर्जरको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार संचालन गर्न लागेका हुन्।

यसका लागि दुबै कम्पनीको सम्पूर्ण हरहिसाब र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्ने प्रयोजनका लागि २९ देखि ३१ गतेसम्म कम्पनीको सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहने कम्पनीले जनाएको छ।

यी दुई कम्पनीले मर्जर सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गरेको करिब एक वर्षमा एकीकृत कारोबार गर्न लागेका हुन्। गत असार ३० गते मर्जरमा गएका हुन्। स्वाप रेसियो एक बराबर एकमा गाभिएका यी कम्पनीको मर्जरपछि चुक्ता पुँजी ४ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन अझै ७० करोड रुपैयाँ अपुग हुनेछ। उक्त पुँजी पुर्याउन कम्पनीले मर्जरपछि एफपीओ जारी गर्ने तयारी गरेको छ।

2230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका