जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एडिडास जुत्ताको बिक्रेताले बुझायो ४ करोड ३८ लाख बैंक ग्यारेन्टी

एडिडास जुत्ताको बिक्रेताले बुझायो ४ करोड ३८ लाख बैंक ग्यारेन्टी

नेपालका लागि एडिडास जुत्ताको आधिकारित बिक्रेता रुट्स फेसनले राजश्व अनुसन्धान विभागमा चार करोड बढीको बैंक ग्यारेन्टी धरौटी बुझाएको छ। रुट्सले परलभन्दा आधा मूल्य घोषणा गरेर राजश्व छली गरेको पाइएपछि विभागका महानिर्देशकको नेतृत्वमा रहने इजलासको निर्णयअनुसार ४ करोड ३८ लाख बैंक ग्यारेन्टी बुझाएको हो।

२ करोड १८ लाखबढीको राजस्व छलेको ठहर गर्दै विभागले सो रकम बराबरको विगो निर्धारण गरेको हो। राजश्व चुहावट नियन्त्रण ऐनअनुसार जति राजश्व चुहावट हुन्छ त्यत्ति बराबरको रकम जरिवानाबापत थप गरी विगो निर्धारण गरिन्छ। विभागले माग गरेको धरौटीबराबरको रकम या बैंक ग्यारेन्टी नबुझाएको अवस्थामा सम्बन्धित कम्पनीका प्रनिनिधिलाई पनि थुनामा राखेर मुद्दा चलाइने भएकाले रुट्सले बैंक ग्यारेन्टी बुझाएको हो। रुट्सको सञ्चालकमा देवेन श्रेष्ठसहितका पाँच जना छन् ।

विभागले यस मुद्दाको अनुसन्धानका लागि तोकेको अनुसन्धान अधिकृतले गरेको अनुसन्धानका आधारमा तयार पारिएको अन्तिम प्रतिवेदनबमोजिम महानिर्देशक नवराज ढुंगानाले धरौटी माग गरेका हुन्। अब उक्त राजस्व छलीको मुद्दा उच्च अदालतमा दायर गर्ने प्रक्रिया अघि बढेको छ । कानूनत ५० लाख भन्दा बढी विगोकायम भएका मुद्दा उच्च अदालतमा दर्ता हुन्छ ।

रुट्सले वीरगन्ज भन्सारबाट एडिडास जुत्ता भित्र्याउँदा कम मुल्याङ्कन देखाएर राजश्व छलेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई महिना अगाडि जुत्ता बोकेको कन्टेनर नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरीले हेटौँडाबाट उक्त कन्टेनर नियन्त्रणमा लिएर विभागलाई बुझाएको हो। रुट्सले एडिडास जुत्तासहित टिसर्टलगायतका सामान तीनवटा कन्टेनरमा ल्याएको विभागले जनाएको छ। रुट्सले नेपालमा एडिडास जुत्तासहित अन्य चर्चित ब्राण्डहरुको पनि कारोबार गर्ने गर्दछ।

3100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका