जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको नाफा शत प्रतिशत बढ्यो

राष्ट्रिय बीमा कम्पनीको नाफा शत प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीको अधिकांश सूचकांकमा उल्लेख्य वृद्धि भएको छ।
कम्पनीले चैत मसान्तसम्म ६८ करोड रुपैयाँ नाफा कमाएको छ।

गत वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड रुपैयाँ नाफा कमाएको थियो। गत वर्षको भन्दा नाफामा शत प्रतिशतले वृद्धि भएको हो।

बीमाशुल्क आर्जन गत वर्षको भन्दा २६.४९ प्रतिशले बढेको छ। कम्पनीले चालु आवको चैतसम्म ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष सो अवधिमा कम्पनीको बीमाशुल्क २४ करोड ५३ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीले ५ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ। गत वर्ष ३ करोड रुपैयाँको दाबी भुक्तानी गरेको थियो। दाबी भुक्तानी गत वर्षभन्दा ६० प्रतिशत बढी हो।

लगानी कर्जा तथा अन्यबाट ६ करोड आय गरेको छ। कम्पनीले अभिकर्ता कमिसनमा ६६ लाख र व्यवस्थापनमा एक करोड रुपैयाँ खर्च गरेको छ।

कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ छ। यसैगरी जगेडा तथा कोषमा ३ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ। बीमा कोषमा ३ अर्ब रुपैयाँ पुगेको छ।

चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३४३.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४९८.३२ रुपैयाँ छ। कम्पनीमा कुल बीमालेखको संख्या ४४ हजारभन्दा बढी छ।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका