जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ‘लक्ष्मी सनराइज बैंक’को अध्यक्षमा रमण नेपाल र सीईओमा अजय शाह नियुक्त

‘लक्ष्मी सनराइज बैंक’को अध्यक्षमा रमण नेपाल र सीईओमा अजय शाह नियुक्त

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । एकीकृत कारोबार पश्चात् बनेको लक्ष्मी सनराइज बैंकको पहिलो बैठकले अध्यक्षमा नेपाल चयन गरेको हो । अध्यक्ष नेपाल साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए ।

यस्तै लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजय बहादुर शाहलाई नियुक्त भएका छन् । शाह साविकको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्ने सहमति भएको थियो ।

लक्ष्मी बैंकबाट हालका अध्यक्ष नेपाल, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बनेका हुन् । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बनेका छन् ।

हाललाई दुगडको सञ्चालक पद रिक्त राखिएको छ । उनले कर्जा चुक्ता गरेपछि मात्रै सञ्चालक समितिको बैठकमा उपस्थित हुन पाउने छन् ।पहिलो साधारणसभा सम्पन्नपछि सञ्चालक समिति ५ सदस्यीय हुनेछ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने बैंकले बताएको छ ।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका