जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु बैंकको ऋणपत्र बाँडफाँट

प्रभु बैंकको ऋणपत्र बाँडफाँट

प्रभु बैंकको ऋणपत्र सोमवार बाँडफाँट भएको छ । कम्पनीले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो ।

कम्पनीले रू. १ हजार प्रति ऋणपत्रका दरले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र जेठ ११ गतेदेखि २६ गतेसम्म विक्री खुला गरेको थियो ।

रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई उक्त ऋणपत्र बाँडफाँट गरेको कम्पनीले जानकारी दिएको छ ।

कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गरेको छ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गरेको छ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन ल्याएको हो ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

3675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका