जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार शुरु

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार शुरु

धादिङमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र बनेपामा केन्द्रीय कार्यालय रहेको समिट लघुवित्त वित्तीय संस्था वीच मर्ज भई नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष  रविन सिजापतिको अध्यक्षतामा प्रमुख अथिति नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक  डा. गुणाकर भट्टले समुद्घाटन गरि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन ।

समारोहमा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठ ,विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु र अन्य महानुभाबहरुको उपस्थितिमा भएको समारोहमा एकीकृत कारोबार पछि बनेको नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले मर्जको गर्नुका कारण बारे स्पष्ट पारेका थिए ।

एकीकृत कारोबार पश्चात नेशनल लघुवित्त वित्तीय संस्था लि.को नामबाट कारोबार हुने र  संस्थाको चुक्ता पुजी १ अर्ब ८ करोड रुपैयाँभन्दा बढी हुने, पूजीकोष २ अर्ब ३२ करोड रुपैयाँ, कर्मचारी संख्या ४०  शाखा संख्या २०० वटा, सेवा पुगेको जिल्ला संख्या ७४, संस्थामा आबद्ध सदस्य संख्या २ लाख १ हजार भन्दा बढी, लगानीमा रहिरहेको कर्जा रकम  १७ अर्ब रुपैयाँ र बचत ५ अर्ब रुपैयाँभन्दा बढि रहने छ ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका