जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • एनआईसी एशिया लघुवित्तको सञ्चालकमा बलराम पौडेल

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा बलराम पौडेल

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूह प्रतिनिधित्व गर्ने सञ्चालक पदमा बलराम पौडेललाई नियुक्त गरेको छ । आइतबार सम्पन्न बैठकले ललितपुर निवासी पौडेललाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त पदमा यसअघि शशांक अग्रवालले प्रतिनिधित्व गर्दै आएका थिए । नयाँ सञ्चालक पौडेलको नियुक्तिसँगै संस्थाले लिएको दीर्घकालीन लक्ष्यमा थप ऊर्जा मिल्ने विश्वास लिइएको छ ।

पौडेलसँग करिब ३९ वर्षको बैंकिङ तथा लघुवित्त क्षेत्रको अनुभव छ । उनले नेपाल सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा सञ्चालित ‘ग्रामीण उद्यम तथा रेमिट्यान्स परियोजन’ मा प्रशिक्षण विशेषज्ञको रूपमा कार्य गरेका थिए । साथै, सिभिल लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक र साना किसान विकास बैंक लगायतका संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।

समाजशास्त्रमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त पौडेलको अनुभव र नेतृत्व क्षमताले एनआईसी एशिया लघुवित्तलाई अझ सशक्त र अग्रणी संस्था बनाउनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।

2250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका