जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एशियन लाईफले दियो एक करोड रुपैयाँ दाबी भुक्तानी

एशियन लाईफले दियो एक करोड रुपैयाँ दाबी भुक्तानी

एशियन लाईफ इन्स्योरेन्स कं.लि.ले मृत्यु दाबीवापत रु १ करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ ।

बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष श्री दिपक कुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी नाथु देवानले वार्षिक रु.३ लाख ७१ हजार ७ सय ५० बीमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८ असार २९ गते दोहोरो बीमांक सुविधा सहित रु.५० लाख बीमांकको वार्षिक धनलाभ बीमालेख गरेका थिए । बीमितबाट एशियन लाईफले बीमाशुल्कको दुई किस्तावापत जम्मा रु.७लाख ४३ हजार ५ सय भुक्तानी प्राप्त गरेको थियो। बीमालेखको बीमांक वापत रु. ५० लाख, दोहोरो बीमांक (टु एक्स) वापतको रु. ५० लाख र बोनश रकम समेत कूल रु.१ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका