जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित १५.५% बोनश शेयर पारित

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित १५.५% बोनश शेयर पारित

नेको इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा ज्ञानेश्वरको भवनमा भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रस्तावित कुल १६ दशमलब ३२ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ । सभामा आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश पारित भएको हो ।

सभाले अध्यक्षले तयार पारेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ भने लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पारित भएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले पारित गरेको २० करोड ४२ लाख रुपैयाँको बोनश शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

5480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?