जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • एनआईसी एशिया बैंक २६औं वार्षिकोत्सव मनाउँदै

एनआईसी एशिया बैंक २६औं वार्षिकोत्सव मनाउँदै

एनआईसी एशिया बैंकले आफ्नो २६औं वार्षिकोत्सव मनाउँदैछ । २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ एनआईसी एशियाको सुरुआत भएको हो। आत्मीय सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २६ औं वार्षिकोत्सव मनाउन गइरहेको बैंकले जनाएको हो ।

बैंकले यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, शेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार प्रकट गरेको छ।

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ र जे छौँ, त्यसको सम्पूर्ण श्रेय ग्राहकहरुहरुलाई नै जान्छ’,बैंकले भनेको छ । आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट रहेको बैंकले जनाएको छ ।

3180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?