जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण सम्पन्न भएको छ। कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

टाउन हल सभा सबै कर्मचारीहरुका लागि एक सिटिजन टिमका रुपमा एकसाथ आउन र कम्पनीको भावी रणनितीमा एकताबद्ध हुने अवसर हो। कम्पनीले गरेको प्रगति, सफलता, भावी कार्ययोजना तथा प्राथमिकताहरुका बारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरु साझा गर्ने अवसर हो।

कर्मचारीमैत्री कार्यस्थल बनाउन र सम्पुर्ण टिमलाई कम्पनीको लक्ष्य पूरा गर्नका लागी व्यवस्थापन टिमसँग पंक्तिबद्ध भएर साथ साथ अघी बढ्न यस्तो सभाले महत्तोपूर्ण भूमिका खेल्ने सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको भनाइ छ। सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरुलाई सुदृढ पार्न शैक्षिक अवसरको रुपमा प्रयोग गर्ने गरेको छ।

कम्पनीमा कार्यरत कर्मचारीहरुले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रुपमा गर्ने गर्दछन तर कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग त्रेमासिक रुपमा प्रतक्ष्य भेट्ने, कम्पनीको प्रगती तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सवै तहमा प्रभाकारी संचार हुने तथा कर्मचारीहरुलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम हो। कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरु कर्मचारीहरुलाई आफ्ना विचारहरु प्रस्तुत गर्न र सशक्त बनाउनको लागि अत्यन्त महत्त्वपूर्ण रहन्छन।

795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका