जोडिनुहोस
आइतवार, अशोज ७, २०८०
आइतवार, अशोज ७, २०८०
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडग्राहकले दराज क्यामू प्रालिमा सामान किन्दा विशेष छुट पाउने भएको छनु।  छुटसम्बन्धी सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डवाहकले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा रु. ५०० सम्म छुट पाउन सक्नेछन्। यसका साथै सिटिजन्स बैंकबाट आउँदो अगस्ट १ तारिखपश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकले दराजमा प्रथमपटक कारोबार गर्दासमेत थप रु. १५० सम्मको भौचर प्राप्त गर्न सक्नेछन्।

दराज क्यामुको रोटरी कम्पलेक्स थापाथलीस्थित कार्यालयमा आयोजित कार्यक्रममा बैंकका मास बैंकिङ अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यतm राखे।

सोही अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र ई–कमर्स क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने धारणा राखे।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका