जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपालका वाणिज्य बैंकका करिब २२ सय शाखा रहित बैकिङ डन र नेताका आसेपासेहरुको कब्जामा, माच्छापुच्छ्रे बैंकले सार्वजनिक गरेको घटना पछि हचकियो राष्ट्र बैंकः वाणिज्य बैंकको सीइओहरुको निद्राहराम !

नेपालका वाणिज्य बैंकका करिब २२ सय शाखा रहित बैकिङ डन र नेताका आसेपासेहरुको कब्जामा, माच्छापुच्छ्रे बैंकले सार्वजनिक गरेको घटना पछि हचकियो राष्ट्र बैंकः वाणिज्य बैंकको सीइओहरुको निद्राहराम !

नेपाल राष्ट्र बैंकले दुर दराज, गाउँघरमा बैकिङ्ग पहुँच पु¥याउने अभियान अन्तर्गत शुरु गरेको शाखा रहित बैकिङ यतिवेला अभिसाप मात्रै भएको छैन । राष्ट्र बैंककै टाउको दुखाईको विषय बन्दै गएको छ भन्दा अब चाहि फरक पर्दैन । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्दा नेपालका २६ वाणिज्य बैंकहरुले करिब २२ सय शाखा रहित बैकिङ्ग एजेन्टहरु मार्फत सञ्चालन गरेको खुलेको छ । सरकारले दुर दराजका जनताहरुलाई सामाजिक सुरक्षा भत्ता पु¥याउनकै लागि शाखारहित बैकिङ्गको अवधारण ल्याएको थियो । वाणिज्य बैंकहरुले शाखा खोल्न नसक्ने दुर दराजमा यस्ता शाखा रहित बैकिङ्ग खोल्ने होडबाजी नै एक समय चल्यो र अहिले वाणिज्य बैंकहरुका करिब २२ सय यस्ता सेवा सञ्चालनमा छन् । भनिन्छ शाखा रहित बैकिङ्ग प्रायः नेताका आसेपासे र आफूलाई डन भन्नेहरुले नै कब्जामा लिएर सञ्चालन गरेको भेटिएको छ भन्दा फरक पर्दैन ।

केही दिन अगाडी माछापुच्छ्रे बैंकको एउटा शाखा रहित बैकिङ्ग भित्र बसेर स्थानीय एजेन्ट निरन्जन पाठक र सिकन्दर ठाकुरबाट ठगी गरेको घटना बाहिर आयो । यो त एउटा उदाहरण मात्रै हो । २६ वाणिज्य बैंकका २२ सय भन्दा बढि शाखा रहित बैकिङ्गमा कति बदमासी भएका छन् त्यसको हिसाब किताब न बैंकसंग छ न त राष्ट्र बैंकसंग नै ! नेपालका ३÷४ वटा वाणिज्य बैंक भित्र यस्ता घटना भएपनि सार्वजनिक नगरेको, लुकाएर मेलमिलाम गरेको राष्ट्र बैंक उच्च स्रोतकै दाबी छ । तर, माच्छापुच्छ्रे बैंकले भने हिम्मत गरेर घटना सार्वजनिक ग¥यो र राष्ट्र बैंकलाई पत्र पठाउँदै प्रहरीमा उजुरी दर्ता समेत गरेको भेटिएको छ । यसले के प्रष्ट पार्दछ भने जनताको पैसा माथी आँखा लगाउनेहरुलाई कारवाहीको कठघरामा ल्याउनु जरुरी छ भनेर भन्दा फरक पर्दैन गर्भनर साब हेक्का होस् ।

डिजिटल बैकिङ्गलाई पछिल्लो पटक प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएको राष्ट्र बैंक माछापुच्छ्रे बैंकको यो घटना पछि हचकिएको छ भन्दा फरक पर्दैन । माछापुच्छ्रे बैंकको भैरहवाको सम्मरीमाईमा ५ वर्ष अगाडी सञ्चालनमा आएको शाखा रहित बैंकिङ्गका एजेन्ट निरन्जन पाठक र सिकन्दर ठाकुरले बैंकको डिभाइसबाट जम्मा गर्नुपर्ने पैसा बैंकको भौचर प्रयोग गरेर ढड्डामा हिसाब किताब राखेर ग्राहकहरुको रकम लिएको पुष्टी भएको छ । शाखा रहित बैकिङ्गमा भौचर प्रयोग हुँदैन । डिभाइसबाट आएको पैसा बैंकले ग्राहकलाई दिनै पर्दछ तर शाखा रहित बैकिङ्ग चलाएरका पाठक र ठाकुरले प्लारलल शाखा नै चलाएर भौचर प्रयोग गरेर ठगी गरेका पैसा बैंकको कुन रेकर्डमा देखिदैन यसले गम्भिर प्रश्न उब्जाएको छ ।

अर्को महत्वपूर्ण र रोचक पक्ष के छ भने ३ महिना अगाडी माछापुच्छ्रे बैंकले उक्त बदमास एजेन्टहरुबाटै भएको थाहा पाएपछि प्रहरी मार्फत सबै कागजपत्र जफत गरी सो शाखा रहित बैकिङ्ग सेवा नै बन्द ग¥यो र प्रहरी र राष्ट्र बैंकमा उजुरी नै दर्ता पनि ग¥यो । तर, आफूलाई पीडित भन्नेहरु मध्ये १ जनाले पनि यो समाचार तयार पार्दासम्म प्रहरीमा उजुरी दिएका छैनन् । यसबाट के प्रस्ट हुन्छ भने एजेन्ट पाठक कति शक्तिशाली (डन) रहेछन् । उनी (लोसपा)का नेता समेत रहेको खुलेको छ । पीडितले उजुरी नदिएपछि प्रहरीले एजेष्ट पाठक र ठाकुरलाई अझै पक्राउ गरेको छैन भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । माछापुच्छ्रे बैंकले ५ वर्ष अगाडी पाठक र ठाकूरलाई एजेन्ट नियुक्त गरी करार सम्झौता गरि शाखा रहित बैकिङ्ग चलाउन अनुमति दिएको थियो । सम्मरीमाईगाउँपालिकामा एजेन्ट पाठक र ठाकुरले माछापुच्छ्रे बैंकको डिभाइसबाट कार्ड प्रयोग गरेर हातको ल्याप्चे लगाएर जम्मा गरिनु पर्ने पैसा बैंकको डिपोजिट भौचर अनाधिकृतरुपमा प्रयोग गरि बैंकलाई नै चुनौती दिँदै ग्राहकहरुबाट पैसा ठगी गरेको भेटिएको छ । गर्भनर साब हेक्का होस् ।

माछापुच्छ्रे बैंकले पनि यो घटना बाहिर आए छानवीन हुने विश्वासमा थियो र बैंकले प्रहरी र राष्ट्र बैंकमा उजुरी दिएको थियो तर, दुर्भाग्य प्रहरीमा समाचार तयार पार्दासम्म एकजना पीडित भन्नेहरुले उजुरी दिएका छैनन् ।

कसरी सार्वजनिक भयो घटना
निरन्जन पाठकका तीन दाजुभाई बीच अंश वण्डाको कुरा शुरु भएसंगै जेठादाजु वैजनाथ पाठक, माईलो निरन्जन पाठक, कान्छा सुनिल पाठक बीच चर्को विवाद शुरु भयो । उनीका कान्छा भाइ सुनिलसंगै मिलेर आहिर भन्ने व्यक्तिले स्थानीय पत्रकार बोलाएर उक्त ठगीधन्दाको सार्वजनिक गरेको भेटिएको छ । माछापुच्छ्रे बैंकले पनि यो घटना बाहिर आए छानवीन हुने विश्वासमा थियो र बैंकले प्रहरी र राष्ट्र बैंकमा उजुरी दिएको थियो तर, दुर्भाग्य प्रहरीमा समाचार तयार पार्दासम्म एकजना पीडित भन्नेहरुले उजुरी दिएका छैनन् । प्रहरीमा उजुरी नआएपछि एजेन्टद्वय पाठक र ठाकुरलाई पक्राउ गरेको छैन ।

राष्ट्र बैंकले ग¥यो स्थलगत निरिक्षण
घटना आएसंगै माछापुच्छ्रे बैंकले लेखेको पत्रलाई आधार मान्दै राष्ट्र बैंकको एउटा टोलीले सो शाखा रहित कार्यालयमा स्थलगत निरिक्षण गरेर आएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारसंग भन्योः– हामीले छानवीन गदैछौं । स्थलगत निरिक्षण गरेर हाम्रा कर्मचारी आएका छन् । प्रारम्भिक निरिक्षणमा बैंकका एजेन्टहरुले डिभाईस, कार्ड र ल्याप्चे प्रयोग नगरि भौचर प्रयोग गरेर पैसा दिएको देखिन्छ । के कति पैसामा बदमासी भएको हो भेटिएको छैन । उजुरी प्रहरीमा पीडितले नदिएका कारण एजेन्टहरु पक्राउ परेको अवस्था पनि छैन । राष्ट्रबैंक उच्च स्रोतले भन्योः– डिभाइस मार्फत सिस्टममा आएको पैसा बैंकले दिनुपर्दछ । अरु पैसा एजेन्टबाट नै उठाउनु पर्ने जस्तो देखिएको छ नि । यो बैंकको बदमासी भन्दा पनि एजेन्टहरुको बदमासी हो ।

के के ग¥यो त माछापुच्छ्रे बैंकले ?
गत जेठमा माछापुच्छ्रे बैंकले भैरहवा शाखाबाट कर्मचारी पठाएर निरन्जन पाठक एजेन्ट रहेको शाखारहित बैंकिङको अनुगमन गर्न पठायो । अनुगमनमा जाँदा पाठकको कार्यालयमा ती कर्मचारीले बैंकको भौचर देखे, जुन उनीहरूलाई शंकास्पद लाग्यो । शाखारहित बैंकिङमा भौचरको प्रयोग हुँदैन । ग्राहकले जम्मा गर्ने पैसा डिभाईस मार्फत तत्कालै सम्बन्धित खातामा जम्मा हुने, निकाल्न खोजेको पैसा तत्काल त्यही डिभाइसमा कार्ड स्वाइप गरेपछि एजेन्टले दिने अनि दुवै अवस्थामा डिभाइसबाट सानो स्लिप प्रिन्ट हुने गर्दछ । त्योबाहेक उक्त बैंकिङ प्रणालीमा पैसा जम्मा गरेको भौचर, पैसा जम्मा गरेको र निकालेको तथ्यांक राख्न लेजरसमेतको प्रयोग हुँदैन । यो कुरा ग्राहकलाई थाहा थिएन ।

एजेन्ट निरन्जन पाठकले भौचर र लेजर प्रयोग गरेर डेढ करोड भन्दा बढी रकम ठगी गरेको आशंका बैंकले गरेको छ । टेबलमा भौचर देखेपछि ती कर्मचारीलाई शंका लाग्यो । उनीहरू फर्केर बैंकमा आफूहरूले भौचर देखेको र अफलाइन कारोवार अर्थात ठगीधन्दा चलिरहेको हुनसक्ने सीइओलाई बताएपछि काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालयबाट सीईओ सन्तोष कोइरालाले अनुगमनका लागि अर्कोपटक एउटा कोर टीम पठाए । उक्त कोर टीमले त्यहाँ देखिएको भौचर र लेजर फाइल हेर्यो । शाखारहित बैंकिङको आवरणमा एजेन्टद्वय पाठक र ठाकुरले समानान्तर बैंकिङ चलाएको निष्कर्षसहित बैंकले एजेन्ट पाठकसँगको सम्झौता रद्द गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गत असार ६ गते नै उजुरी दियो । बैंकले सम्मरीमाई गाउँपालिकामा शाखारहित बैंकिङ संचालनका क्रममा स्थानीय एजेन्टले ठगीधन्दा गरिरहेको र ठगीमा परेकाको उजुरी स्थानीय प्रहरीमा दिएपनि अहिलेसम्म पीडित भनिएकाहरूको उजुरी भने आएको छैन ।’ यस कारण पाठक र ठाकुर अझै पक्राउ परेका छैनन् ।

पैसा जसरी पनि दिन्छु भनिरहेकोले अहिले नै उजुरी प्रहरीको नदिएको एक पीडितको दाबी छ । एजेन्ट पाठकले उजुरी गर्न खोज्नेहरूलाई धम्क्याउने पनि गरेका छन् । उजुरी गर्न गए राम्रो नहुने र गाउँमा बस्नलायक नराख्ने भन्दै पाठकले धम्की दिएको भेटिएको छ । अर्का एक पीडितले पंक्तिकारसंग भने, उ स्थानीय गुण्डा पनि हो ।

पीडितहरुले किन दिएनन् प्रहरीमा उजुरी ?
भनिन्छ एजेन्ट पाठकले आफूले ठगी गरेको स्वीकारेका छन् र ठगी गरेको रकम आफ्नो जायजेथा बेचेर भएपनि तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाठकले स्थानीय पीडितलाई पनि आफूले जसरी पनि पैसा तिर्ने भन्दै उजुरी नगर्न आग्रह गरिरहेको देखिन्छ । पाठकले पीडितलाई सम्झाउदै आफ्नै गाउँको दाजुभाइ हो । पैसा जसरी पनि दिन्छु भनिरहेकोले अहिले नै उजुरी प्रहरीको नदिएको एक पीडितको दाबी छ । एजेन्ट पाठकले उजुरी गर्न खोज्नेहरूलाई धम्क्याउने पनि गरेका छन् । उजुरी गर्न गए राम्रो नहुने र गाउँमा बस्नलायक नराख्ने भन्दै पाठकले धम्की दिएको भेटिएको छ । अर्का एक पीडितले पंक्तिकारसंग भने, उ स्थानीय गुण्डा पनि हो । राजनीतिक आड रहेको छ ।

अझ मर्चवार क्षेत्र निकै असुरक्षित ठाउँ हो । त्यहाँ मान्छेमाथि कुटपिट र हत्याहिंसा सामान्य जस्तै छ । डरका कारण कोही उजुरी दिन जान मानिरहेको छैन नि । गत स्थानीय निर्वाचनमा लोसपाको तर्फबाट सम्मरीमाई गाउँपालिका अध्यक्षमा उठेर हारेका उम्मेदवार हुन् पाठक । त्यहाँ उनको ठूलै रवाफ चल्ने गर्छ । पाठकले आफूविरुद्ध उजुरी दिए सिध्याइदिने भन्दै पीडितलाई धम्कीसमेत दिने गरेको देखिन्छ । कहाँ छ राज्य किन बोल्दैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उजुरी नै नआएका कारण कसैलाई समातेर अनुसन्धान गर्न नसकिएको जानकारी दिएको छ । सम्बन्धित पीडित आएमा कानूनी कारवाहीमा अघि बढाउने प्रहरीको योजना देखिन्छ ।

आँधा दर्जन वाणिज्य बैंकहरुमा यस्ता ठगी घटना भए पनि भित्रीरुपमै मेलमिलाप गरेका भेटिएको छ । तर, माछापुच्छ्रे बैंकले आफ्नो व्यापारलाई खुकुरीको धारमा राखेर जुन घटना सार्वजनिक ग¥यो । यसलाई माछापुच्छ्रे बैंकको युवा व्यवस्थापन टिमको कोर बैैंकिङ्गको परिणमा हो भन्दा अब चाहि अन्यथा नहोला । यसले अरु वाणिज्य बैंकहरुको आँखा खोलिदिएको मात्रै छैन राष्ट्र बैंकलाई शाखा रहित बैकिङ्गबारे सोच्न बाध्य गराएको छ ।

वाणिज्य बैंकका सीइओहरु तनाबमा !
माछापुच्छे्र बैंकले उक्त घटना सार्वजनिक गर्ने हिम्मत गरेसंगै २६ वाणिज्य बैंकका सीइओहरुको निद्राहराम भएको छ । नेपालमा सञ्चालित २२ सय भन्दा बढि शाखा रहित बैकिङ्गमा यस्ता कयौं घटनाहरु भए पनि बैंकका सीइओहरुले नै वाहिर ल्याउन चाहिरहेको देखिदैन । वाणिज्य बैंकहरुले आ–आफ्ना शाखा रहित बैंकिङ्ग कार्यालयहरुमा रातारात केन्द्रीय कार्यालयबाट स्थलगत निरिक्षण टोली पठाएको भेटिएको छ । बैंक जनताको विश्वासमा चलेको संस्था भएकोले जनताको विश्वासलाई कायम राख्न बैंकहरुले जनताको पैसा माथी बदमासी गर्नेहरुलाई कानुनी कठघरामा ल्याउन राज्यका निकायलाई सघाउनु पर्ने देखिन्छ । आँधा दर्जन वाणिज्य बैंकहरुमा यस्ता ठगी घटना भए पनि भित्रीरुपमै मेलमिलाप गरेका भेटिएको छ । तर, माछापुच्छ्रे बैंकले आफ्नो व्यापारलाई खुकुरीको धारमा राखेर जुन घटना सार्वजनिक ग¥यो । यसलाई माछापुच्छ्रे बैंकको युवा व्यवस्थापन टिमको कोर बैैंकिङ्गको परिणमा हो भन्दा अब चाहि अन्यथा नहोला । यसले अरु वाणिज्य बैंकहरुको आँखा खोलिदिएको मात्रै छैन राष्ट्र बैंकलाई शाखा रहित बैकिङ्गबारे सोच्न बाध्य गराएको छ । सचेत भया ।

5590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?