जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै यूरोकप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न पाइने

डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै यूरोकप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न पाइने

नेपालको डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले यूरोकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

कम्पनीको एक्सन स्पोर्ट्स च्यानलबाट यूरोकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने यूरोकपको प्रत्यक्ष प्रसारण नेपाली  र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इनब्युल्ट भाषा चाहीं अंग्रजी कमेन्ट्री हुनेछ।

रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ । डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सकिने  छ। त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ।

एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ।त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ। साथै च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने कम्पनीले बताएको छ।

11470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका