जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • विद्यार्थीलाई कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

विद्यार्थीलाई कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैंकले बुधबार ललितपुर स्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरु गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ।

कार्यक्रममा ३० भन्दा बढी सहभागी विद्यार्थीको सहभागिता थियो। कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कततालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए। कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, ग्वार्को शाखाका शाखा प्रमुख प्रार्थना राणा कार्की निक्षेप विभागबाट सुमन दुवाडीलगायत अन्य कर्माचारी र कलेजका तर्फबाट क्याम्पसका व्यवस्थापन संकाय प्रमुख प्रकृति बोताजु र अन्य विद्यार्थीको उपस्थिति थियो।
3440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?