जोडिनुहोस
सोमवार, जेष्ठ १४, २०८१
सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्ष भेटवार्ता, आर्थिक सुधार, पुर्वाधार बिकास र उद्यमशीलता प्रवद्र्धनमा सहकार्य

महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्ष भेटवार्ता, आर्थिक सुधार, पुर्वाधार बिकास र उद्यमशीलता प्रवद्र्धनमा सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच भेटवार्ता भएको छ । मंगलबार महासंघ सचिवालय टेकुमा एक कार्यक्रमका बीच उक्त औपचारिक भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तिय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको बिकास, पर्यटन जलविद्युत लगायतका पुर्वाधार बिकास एवं लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए ।

कोभिडपछिको तिव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मुलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालको भनाई छ । निजी क्षेत्रले काम गर्न नपाउँदा राजश्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घट्दै गएको उनले बताए ।

नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसंग सहकार्य गर्न आफु तयार रहेको बताए । पछिल्लो समय निगमसंगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो ।

महासंघले साना उद्यमीका लागि शुरु गर्न लागेको बिकास केन्द्र र सिप बिकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाई थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका बिषयको नेतृत्व गर्छन् ।

भेटका क्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए । महासंघका उपाध्यक्ष हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेको बताए । महासंघ लगानी तथा अन्तराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए ।

1225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका