जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • वृद्धा सासुको सम्पत्ति लिएर हेरचाह नगर्ने सुष्माका श्रीमान पक्राउ

वृद्धा सासुको सम्पत्ति लिएर हेरचाह नगर्ने सुष्माका श्रीमान पक्राउ

प्रहरीले वृद्धा सासुको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा सुष्मा रिजाल रेग्मीका श्रीमानलाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरिएको हो ।

यस अघि प्रहरीले उनकी श्रीमतीलाई २२ चैतमा पक्राउ गरेको थियो । सोही मुद्दामा कमलप्रसाद रेग्मी पनि प्रतिवादी भएकाले प्रहरीले पक्राउ गरेको बताएको छ । उनी जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् ।

प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ता गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ । सुष्मालाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसकेको छ । उनी हाल केन्द्रीय कारागार, सुन्धारामा छिन् ।

कमल र सुष्माले स्व. भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको भन्दै उजुरी परेको थियो । यस्तै सृजना फाइन्‍नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।

ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईंदैन् । ०७६ मंसिरमा मा बुवा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् ।

आमा ‘८४ बर्ष’ शोभाले प्रहरीमा उजुर गरेपछि त्यसबारे प्रहरीले अनुसन्धान गरेको थियो । चालु मुद्दामा फरार रहेका रेग्मीलाई अदालतमा उपस्थित गराइने छ।  शेयर पनि झुक्याएर बेचेपछि शोभा प्रहरीको शरणमा पुगेकी थिइन् ।

6575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?