जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • प्रभु बैंकको नाफामा छलाङ, ब्याज आम्दानी ७८% बढ्यो

प्रभु बैंकको नाफामा छलाङ, ब्याज आम्दानी ७८% बढ्यो

प्रभु बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेपछि नाफामा ४८.५४ प्रतिशतको फड्को मारेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब ८२ करोड खुद नाफा कमाएको हो। पोहोर बैंकको नाफा एक अर्ब ९० करोड थियो।

बैंकले असारसम्म १० अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन पोहोरको ५ अर्ब ७४ करोडभन्दा ७८.६२ प्रतिशत बढी हो।

सेन्चुरी कमर्सियल बैंकलाई गाभेपछि प्रभु बैंकको कर्जा विस्तार पोहोर असारभन्दा ६३.८५ प्रतिशत बढी छ। निक्षेप संकलन पनि ६१.८२ प्रतिशतले बढेको छ।

तर वितरणयोग्य मुनाफा ह्‍वात्तै साँघुरिएको छ। १६ करोड १६ लाख रुपैयाँ मात्रै यस्तो नाफा देखिन्छ।

सेन्चुरीलाई गाभेपछि बैंकको खराब कर्जा पनि उल्लेख्य दरमा वृद्धि भएको छ। खराब कर्जा ४.१६ प्रतिशत छ। त्यस्तै, प्रोभिजनिङको लागि बैंकले २ अर्ब ४१ करोड रुपैयाँ छुट्याएको छ।

1920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका