जोडिनुहोस
मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकले पहिलो पटक ल्यायो अफलाइन ‘ट्याप एण्ड पे ‘ सेवा

माछापुच्छ्रे बैंकले पहिलो पटक ल्यायो अफलाइन ‘ट्याप एण्ड पे ‘ सेवा

माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक EMV Standard मा आधारित Tokenized प्रविधिको प्रयोग गरि मोबाईल बैकिङ्ग एप्लिकेसनमा contactless offline “Tap and Pay” सेवा सुरु गरेको छ। उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट POS मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन MBL M-Smart प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार Tokenization लाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ। जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।

हाललाई यो सेवा NFC सपोर्ट गर्ने Android मोबाईलबाट प्रयोग गर्न सकिने र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

बैंकले साझेदारी र सहकार्य लाई आत्मासात गर्दै एफवानअ सफ्ट, एमसीएचएल र सिटिटेक प्रालिको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको उल्लेख गरेको छ । बैंकले Tokenization लाई बिस्तारै अन्य प्रोडक्ट तथा र्सर्भिस हरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

3240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका