
नेपालका २० वाणिज्य बैंकहरूले ११ महिनाको अवधिमा १८२ वटा शाखा कार्यालयहरू बन्द गरेको भेटिएको छ भन्दा फरक पर्दैन । चालू आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ वटा शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकले सञ्चालन खर्च घटाउन आवश्यकताअनुसार शाखा समायोजन तथा बन्द गर्न सकिने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले धमाधम शाखा बन्द गर्न थालेका हुन् । डिजिटल बैंकिङको विस्तार, लागत नियन्त्रण र सञ्चालन दक्षता बढाउने उद्देश्यले शाखा सञ्जाल पुनर्संरचना गरिएको बैंकहरू बताउँछन् ।
राष्ट्र बैंकका अनुसार २०८३ जेठ मसान्तसम्म नेपालमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०६ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । शाखा सङ्ख्यामा उल्लेख्य गिरावट आएको तथ्याङ्कले देखाएको छ । २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) का कुल ११ हजार ५२६ शाखा सञ्चालनमा रहेकामा २०८३ जेठ मसान्तसम्म आइपुग्दा यो सङ्ख्या घटेर ११ हजार ३४४ मा झरेको छ । अर्थात् ११ महिनाको अवधिमा १८२ शाखा कार्यालय बन्द भएका छन् ।
बैंकिङ क्षेत्रमा पछिल्लो समय डिजिटल सेवा विस्तारसँगै भौतिक शाखाको आवश्यकता घट्दै गएको, सञ्चालन खर्च नियन्त्रण गर्ने दबाब बढेको तथा दक्षता अभिवृद्धिका लागि शाखा पुनर्संरचना गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसले आगामी दिनमा पनि शाखा समायोजनको क्रम जारी रहने सङ्केत गरेको छ । सचेत भया ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































