जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सिटिजन लाइफको बीमा कोष ५६% ले बढेर साढे ९ अर्ब पुग्यो, जगेडा कोषमा १ अर्ब ९ करोड संचिति

सिटिजन लाइफको बीमा कोष ५६% ले बढेर साढे ९ अर्ब पुग्यो, जगेडा कोषमा १ अर्ब ९ करोड संचिति

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा  ६५ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले  २० करोड  ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।

कम्पनीको जीवन बीमा कोष ५६ दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा  ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ०३ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष  २१ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ५ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ५ अर्ब ०१ करोड थियो ।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब  १६ करोडको दाबी भुक्तानी भएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी  २ अर्ब ६२ करोड  छ ।

725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?