जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकमा काम गर्ने अर्का नक्कली सर्टिफिकेटधारी पनि पक्राउ

सिटिजन्स बैंकमा काम गर्ने अर्का नक्कली सर्टिफिकेटधारी पनि पक्राउ

नक्कली सर्टिफिकेट प्रकरणमा सिटिजन्स बैंकका थप एक कर्मचारी पक्राउ परेका छन् । बैंकमा नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर बढुवा गराउन खोजेको आरोपमा प्रहरीले बैंकका कर्मचारी दलबहादुर पुनलाई पक्राउ गरेको हो ।

अधिकृत स्तरको तहमा बढुवा हुनका लागि स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएपछि बिहीबार प्रहरीले पुनलाई पक्राउ गरेको हो । योसँगै नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ पर्ने सिटिजन्स बैंकका कर्मचारीको संख्या ७ पुगेको छ । यसअघि प्रहरीले बैंकका विभिन्न शाखाबाट ६ जना नक्कली सर्टिफिकेटधारीहरुलाई पक्राउ गरिसकेको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरुले भारतबाट किनेर ल्याएको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाईरहेको र बढुवा गर्न खोजेको पाइएको छ । सर्टिफिकेट नक्कली भन्ने शंका लागेपछि बैंकले उनीहरुको सर्टिफिकेट जाँचका लागि त्रिभुवन विश्वविद्यालयमा पठाएको थियो । तर, टियुले सर्टिफिकेट र समकक्षता नक्कली रहेको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेको थियो । सो लगत्तै सीआईबीले बैंकका कर्मचारीलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्टलाई पक्राउ गरिसकेको छ ।

त्यस्तै, नक्कली सर्टिफिकेट प्रकरणमा बैंकका थप ४ जना कर्मचारी फरार छन् ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका