जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दुई बैंकले ऋणपत्र निष्कासन गर्ने

दुई बैंकले ऋणपत्र निष्कासन गर्ने

लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । लक्ष्मी बैंकले रू. २ अर्ब बरावरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट असार १५ गते स्वीकृती पाएको हो ।

लक्ष्मी बैंकले कुल कित्तामध्य ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
लक्ष्मी बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्ष २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । लक्ष्मी बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकले रू. ३ अर्ब बरावरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १६ गते बोर्डको अनुमति पाएको हो । जसमध्ये बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङ लिमिटेड रहेको छ । माछापुच्छ्रे बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति पाएको हो ।

5515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?