जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • राष्ट्र बैंकद्वारा निफ्राको लागि ६८ बुँदे निर्देशन जारी

राष्ट्र बैंकद्वारा निफ्राको लागि ६८ बुँदे निर्देशन जारी

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले आज शुक्रबार निर्देशन जारी गरेको हो ।

हाल नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा मात्र पूर्वाधार विकास बैंकको रुपमा रहेको छ । यी निर्देशन निफ्राको लागि मात्र लागु हुने छ ।

निर्देशनमा ऋणको पुनर्तालिकीकरण, पुनर्संरचना, ब्याज पुँजीकरण लगायतका व्यवस्थाहरु उल्लेख छन् । त्यस्तै अब पूर्वाधार विकास बैंकलले रु. ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ।

त्यस्तै अब पूर्वाधार विकास बैंकले Unique Document Identification Number – UDIN_ उल्लेख भएको लेखापरिक्षण प्रतिवेदन मात्र स्वीकार गर्नु पर्ने छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको वेबसाईटमा रहेको UDIN portal बाट पेश गरिएको विवरण यथार्थ रहेको यकिन गरेको व्यहोरा कर्जा फाइलमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।

पूर्वाधार विकास बैंकले आवश्यक नीति तर्जुमा गरी प्राथमिक पुँजीको १० प्रतिशतको सीमाभित्र रही जग्गा, भवन वा दुवै खरिद वा भवन निर्माण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यस्तै अब पूर्वाधार विकास बैंकले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको
विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकीन गरेर मात्र खाता खोल्नु पर्नेछ । यस वापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका