जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बराबरी हैसियतमा प्राइम, युनियन र गुराँसले गरे मर्जरको अन्तिम सम्झौता

बराबरी हैसियतमा प्राइम, युनियन र गुराँसले गरे मर्जरको अन्तिम सम्झौता

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बराबरी हैसितमा मर्जर गरेर ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिडेड’ राख्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । तीन वटै कम्पनीका अध्यक्षहरु युनियन लाइफको तर्फबाट शुलभ अग्रवाल, प्राइम लाइफको तर्फबाट पियुस राज अर्याल र गुराँस लाइफको तर्फबाट विवेक दुगडले होटल अलफ्ट ठमेलमा आज अन्तिम सझौतापत्रमा हस्ताक्षर गरेका हुन् । संझौता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समेको उपस्थिति थियो । कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको छ ।

गत बैशाख २९ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका तीन वटै कम्पनीका अध्यक्षले डिडिए प्रतिवेदन पश्चात आज अर्को अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । गत बैशाखमै प्रारम्भिक सहमति भए पनि गुराँस लाइफको लेखापरीक्षण प्रतिवेदनमा ढिलाइ हुँदा आवश्यक प्रकृयाँ अगाडी बढ्न सकेको थिएन ।

डिडिए प्रतिवेदन टुङ्गाएर तीन वटै कम्पनीले १:१:१ को अनुपातमा मर्जर गर्ने गरी स्वाप रेसियो तय गरेका हुन् । यस भन्दा अगाडी स्वाप रेसियो कति कायम होला भन्ने अन्योलता थियो । आज भएको प्रारम्भिक सहमतिमा मर्जर पछि बन्ने बीमा कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ हुनेछ । यस भन्दा अगाडी मर्जर पछि कम्पनीको नाम के होला भन्ने अन्योलता थियो । तीन वटै समुहले आ-आफ्नो नाम राख्न जोड दिएका थिए । तीन वटै नाम जोड्दा लामो हुने र दुई वटाको मात्रै राख्दा एउटाको मात्रे नरहने अवस्था आए पछि मर्जर कमिटिले सर्वस्वीकृतिमा नयाँ नाम सोचेको हो ।

हिमालयनको नामबाट अहिले पुनर्बीमा र निर्जीवन बीमा कम्पनी पनि छन् । तीन वटै क्षेत्रका कम्पनीमा प्रमुख लगानीकर्ता मारवाडी समुदायको रहेको छ । मारवाडी समुदायका लागि हिमालयन नाम ज्यादै प्यारो हुँदै गएको छ । मर्जर पछि बन्ने हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत हाल युनियन लाइफका सिइओ मनोजलाल कर्ण हुने सहमति भएको छ । बाँकी दुई कम्पनीका सिइओहरु गुराँसका विपिन लाल कर्ण र प्राइम लाइफका निर्मल दाहाल  बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

त्यस्तै सञ्चालक समितिको अध्यक्षमा पनि युनियनकै सुलभ अग्रवाल रहने सहमति भएको छ । केन्द्रिय कार्यालय भने नक्सालमा रहनेछ । हाल युनियनको नयाँ बानेश्वर, गुराँसको तीनकुने र प्राइम लाइफको केन्द्रिय कार्यालय नक्सालमा छ ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड छ । अहिले प्रस्तावित १३ प्रतिशत बोनश शेयर वितरण पछि चुकता पूँजी तीन अर्ब १४ करोड पुग्छ । त्यस्तै युनियनको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ छ । प्रस्तावित ८.६५ प्रतिशत बोनस शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ३३ करोड पुग्नेछ । साथै गुराँसको २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । अव मर्जर पछि ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

तीन वटा कम्पनीको मर्ज हुँदा पनि नेपाल लाइफको जति चुक्ता पूँजी भने पुग्न सक्दैन । यसरी तीन वटा कम्पनी मिल्दा बल्ल हिमालयन लाइफले सम्पुर्ण सूचकमा नेपाल लाइफलाई टक्कर दिन सक्नेछ । चालु आर्थिक वर्षको प्रथम त्रैमाशिक वित्तीय विवरण अनुसार प्राइम लाइफको जीवन बीमा कोषमा १९ अर्ब ८९ करोड रुपैयाँ छ । त्यस्तै युनियन लाइफको १२ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने गुराँसको १३ अर्ब ११ करोड रुपैयाँ छ । मर्जर पछि यहि तथ्याङ्ककै आधारमा साढे ४५ अर्ब जति पुग्नेछ । मर्जर टुङ्गिदासम्ममा यस्तो कोषमा ५० अर्ब रुपैयाँ नाघ्नेछ । हाल सबैभन्दा ठुलो जीवन बीमा कोष रहेको नेपाल लाइफको एक खर्ब ४२ अर्ब रहेको छ । यसरी तीन वटा कम्पनी मिल्दा पनि नेपाल लाइफको जीवन बीमा कोष एक खर्ब अर्ब हाराहारी माथि हुनेछ । एलआइसी नेपालको समेत हाल ९७ अर्ब माथि छ ।

अव तीन वटै कम्पनीले आह्वान गर्ने वार्षिक साधारणसभामा मर्जरको विशेष प्रस्ताव लैजानेछन् । साधारणसभाबाट शेयरधनीले मर्जरको अन्तिम सहमति प्रदान गरे सँगै आवश्यक प्रकृयाँ अगाडी बढाउन सक्ने छन् ।

1340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?