जोडिनुहोस
शनिबार, बैशाख २९, २०८१
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • नेपालका अर्बपतिहरु ठूलो धनराशी खर्च गर्दै प्रतिनिधी सभाको सदस्य बन्ने दौडमाः आफू अनुकुल कानुन बनाउन सभासद पद नै किन ?

नेपालका अर्बपतिहरु ठूलो धनराशी खर्च गर्दै प्रतिनिधी सभाको सदस्य बन्ने दौडमाः आफू अनुकुल कानुन बनाउन सभासद पद नै किन ?

आगामि मंसिर ४ गते हुने संघीय र प्रदेश तहको चुनावमा आर्थिक क्षेत्रका अगुवा देखि उद्योग व्यवसाय सञ्चालन गरेका नेपालका अर्बपतिहरुले विभिन्न पार्टीबाट उम्मेदवारी दर्ता गरेका छन् भन्दा अब फरक पर्दैन ।
नेपालका डलर अर्बपति विनोद चौधरी देखि ‘ए’ क्लसका ठेकेदार कान्छाराम तामाङसम्मले उम्मेदवारी दर्ता गरेको भेटिएको छ । भनिन्छ नेपालका कम्यूनिष्ट र कांग्रेस पार्टीलाई ठूलो धनराशी (चन्दा) दिएर टिकट हातपार्न सफल भएका २ दर्जन उद्योग व्यवसायीहरु चुनाबी मैदानमा पुगेका छन् भन्दा फरक पर्दैन । डलर अर्बपति एवं चौधरी समूहका मालिक विनोद चौधरी नेपाली कांग्रेस पार्टीको टिकटबाट नवलपरासी (वर्दघाट सुस्ता) पश्चिम १ बाट प्रत्यक्ष तर्फ उम्मेदवार बनेको देखिन्छ ।

अर्का बालकृष्ण शिवाकोटी नेकपा एमालेको टिकट लिएर प्रत्यक्ष तर्फ दोलखाबाट चुनाव लड्दै छन् । उनी मेगा बैंकका संचालक, कालिञ्चोक केबलकार लगायत १ दर्जन भन्दा बढि उद्योगी व्यवसायका मालिक हुन् भन्दा फरक पर्दैन । यी त पात्र मात्रै हुन् प्रतिनिधी सभामा पुगे यी नेपालका अर्बपतिहरुले आफू अनुकूलका कानुन बनाउन लबिङ गर्ने र नेतृत्वलाई प्रभावमा पारि आ–आफ्ना व्यवसायीलाई फाइदा हुने काम गर्न प्रेरित गर्ने भूमिका खेल्न सहज हुने देखिन्छ भन्दा फरक पर्दैन । हेरौ के कस्ता व्यवसायी चुनाव मैदानमा छन् त ?

अर्का प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचन नेकपा एमालेबाट जनजाती तर्फ १ नम्बरमा समानुपातिक तर्फका उम्मेदवार बनेका छन् । उनीका दर्जनौ वित्तिय संंस्थाहरुमा लगानी छ । अर्का डा. सुनिल शर्मा मोरङ ३ बाट प्रत्यक्ष तर्फ नेपाली कांग्रेस पार्टीको टिकट लिएर चुनावमा होमिएका छन् । उनी मेडिकल व्यवसायी हुन् । उनको विराटनगरको नोबल कलेज र काठमाडौं मेडिकल कलेजमा चर्को लगानी छ । अर्का डा. विरेन्द्र महत्तो जसपाको टिकट लिएर सिराह ४ बाट उम्मेदवार बनेका छन् । उनी अर्बपति व्यवसायी भित्र पर्दछन् । उनी माछापुच्छ्रे बैंकका अध्यक्ष पनि हुन् । अर्का बालकृष्ण शिवाकोटी नेकपा एमालेको टिकट लिएर प्रत्यक्ष तर्फ दोलखाबाट चुनाव लड्दै छन् । उनी मेगा बैंकका संचालक, कालिञ्चोक केबलकार लगायत १ दर्जन भन्दा बढि उद्योगी व्यवसायका मालिक हुन् भन्दा फरक पर्दैन । यी त पात्र मात्रै हुन् प्रतिनिधी सभामा पुगे यी नेपालका अर्बपतिहरुले आफू अनुकूलका कानुन बनाउन लबिङ गर्ने र नेतृत्वलाई प्रभावमा पारि आ–आफ्ना व्यवसायीलाई फाइदा हुने काम गर्न प्रेरित गर्ने भूमिका खेल्न सहज हुने देखिन्छ भन्दा फरक पर्दैन । हेरौ के कस्ता व्यवसायी चुनाव मैदानमा छन् त ?

अर्बपति बिनोद चौधरी नेपाली कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम १ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेद्वारी दिएका छन् । चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी पश्चिम १ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले उनी सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका छन् । विनोद चौधरी पछिल्लोपटक नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेका थिए भने २०६४ मा नेकपा (एमाले)को तर्फबाट संविधानसभाको समानुपातिक सदस्य बनेका थिए । चौधरी पहिलोपटक प्रत्यक्ष प्रकृयाबाट निर्वाचन उठ्न लागेका हुन् । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायी उमेश श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बन्ने भएका छन् । अहिले प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकोरुपमा रहेका व्यवसायी श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका हुन् । श्रेष्ठको प्रतिस्पर्धा नेकपा (एमाले)का कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्दै छन् ।

डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । मेडिकल कलेजका सञ्चालक तथा व्यवसायी डा. सुनिल शर्मा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजको सञ्चालक समेत रहेका छन् ।

प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन प्रतिनिधिसभा सदस्य बन्नको लागि नेकपा (एमाले)को तर्फबाट समानुपातिक सूचीमा परेका छन् । एमाले पार्टीले उनलाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा आदिवासी जनजाती समूहबाट सिफारिस गरेको हो । यसअघि उनी नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुख पदमा थिए । उनी ललितपुर जिल्लाबाट सिफारिस भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल नेपाली कांग्रेशको तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने भएका छन् । डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । मेडिकल कलेजका सञ्चालक तथा व्यवसायी डा. सुनिल शर्मा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजको सञ्चालक समेत रहेका छन् । ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा शर्मा मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । यसपटक पनि शर्माको प्रतिस्पर्धा नेता ढकालसँग नै हुनेछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि चहलपहल बढेको छ । आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै देशभर राजनीतिक चहलपहल बढेको हो । भन्दा अब फरक पर्दैन ।

अर्बपतिको सूचीमा सूचिकृत एक मात्र नेपाली डलर अर्बपति विनोद चौधरीलगायत विभिन्न जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य, निर्माण क्षेत्रमा स्थापित व्यवसायीहरू समेत चुनावमा होमिएका हुन् । नेपाली एक मात्र डलर अर्बपतिका रूपमा चिनिएका व्यापारी तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरी नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार बनेको छन् । उनले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

गत आइतबार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराएसँगै राजनीतिक माहोल तातिएको छ । निर्वाचनका लागि अर्बपति व्यवसायीदेखि विभिन्न दलका उपल्लो तहका नेताको उम्मेदवारीले राजनीतिक माहोललाई झनै तताएको देखिन्छ । आगामी निर्वाचनका लागि अर्बपतिदेखि स्थापित व्यवसायी पनि चुनावी मैदानमा उत्रिएका छन् । अर्बपतिको सूचीमा सूचिकृत एक मात्र नेपाली डलर अर्बपति विनोद चौधरीलगायत विभिन्न जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य, निर्माण क्षेत्रमा स्थापित व्यवसायीहरू समेत चुनावमा होमिएका हुन् । नेपाली एक मात्र डलर अर्बपतिका रूपमा चिनिएका व्यापारी तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरी नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार बनेको छन् । उनले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन् । २०६४ को संविधानसभा चुनावमा एमालेबाट समानुपातिक सभासद् बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । यस पटक भने प्रत्यक्षबाट चुनाव लड्ने तयारीमा रहेका चौधरीको जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा हुनेछ ।

बैंक, मल, होटल, केबलकार लगायत क्षेत्रमा लगानी गरेका सिवाकोटी नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले दोलखाबाट प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षबाट उम्मेदवारी दर्ता गराएका देखिन्छ । निर्माण व्यवसायी विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चुनावी मैदानमा होमिएका छन् । व्यवसायी पाण्डे राप्रपाबाट चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका हुन् । व्यवसायी किसान श्रेष्ठले पनि बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्न उम्मेदवारी दर्ता गराएका छन् । कृषि, होटल, पर्यटन लगायत क्षेत्रमा लगानी गरेका श्रेष्ठ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट इन्द्रबहादुर बानियाले पनि आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २(ख) बाट उम्मेदवारी दर्ता गराएका हुन् । व्यवसायी समेत रहेका बानिया नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति समेत हुन् । उनको भूगर्भ सिमेन्ट र निर्माण सेवा कम्पनीहरूमा लगानी रहेको देखिन्छ । त्यस्तै, व्यवसायी उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । शिक्षा लगायत जलविद्युत, पर्यटन र स्वास्थ्य क्षेत्रमा लगानी गरेका श्रेष्ठ प्रतिनिधिसभाको प्रत्यक्षबाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । उनी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत हुन् । त्यसैगरि, मेगा बैंकका सञ्चालक तथा व्यवसायी बालकृष्ण सिवाकोटी पनि चुनावी मैदानमा होमिएका छन् । बैंक, मल, होटल, केबलकार लगायत क्षेत्रमा लगानी गरेका सिवाकोटी नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले दोलखाबाट प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षबाट उम्मेदवारी दर्ता गराएका देखिन्छ । निर्माण व्यवसायी विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चुनावी मैदानमा होमिएका छन् । व्यवसायी पाण्डे राप्रपाबाट चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका हुन् । व्यवसायी किसान श्रेष्ठले पनि बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्न उम्मेदवारी दर्ता गराएका छन् । कृषि, होटल, पर्यटन लगायत क्षेत्रमा लगानी गरेका श्रेष्ठ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्माण व्यवसायी मोहन आचार्य कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रसुवाबाट उम्मेदवारी दर्ता गराएका छन् भने मेनपावर व्यवसायी लालप्रसाद लिम्बुले एमालेबाट झापाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । पर्यटन व्यवसायी राजेन्द्र बजगाईँले कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, निर्माण व्यवसायी कान्छाराम तामाङले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै, पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नुवाकोटको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । आसन्न निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका अर्का व्यवसायी हुन्, झपट बोहोरा । बैंक तथा बीमा क्षेत्रमा लगानी गरेका बोहोरा एमालेबाट आछामको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । वित्तीय संस्था, जलविद्युत लगायत क्षेत्रमा लगानी गरेका अर्का व्यवसायी तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महत्तो पनि जनता समाजवादी पार्टी जसपाका तर्फबाट सिरहा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । त्यस्तै, निर्माण व्यवसायी मोहन आचार्य कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रसुवाबाट उम्मेदवारी दर्ता गराएका छन् भने मेनपावर व्यवसायी लालप्रसाद लिम्बुले एमालेबाट झापाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । पर्यटन व्यवसायी राजेन्द्र बजगाईँले कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि टिकट दिएको हो । बजगाईँ यसअघिको निर्वाचनमा पनि उम्मेदवार बनेर पराजित भएका थिए ।

अब यो पनि हेरौंः–
विनोद चौधरी – पश्चिम नवलपरासी १ (नेपाली कांग्रेस)
नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी
मुख्य प्रतिस्पर्धी – हृदयेश त्रिपाठी (जनता प्रगतीशील पार्टी), सिन्धु लजेशा बुढाथोकी (नेकपा एमाले)
उमेश – श्रेष्ठ चितवन २ (नेपाली कांग्रेस)
शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी
मुख्य प्रतिस्पर्धी – रवि लामिछाने (स्वतन्त्र पार्टी), कृष्णभक्त पोखरेल (नेकपा एमाले)
किसान श्रेष्ठ – बारा ४ (नेकपा एकीकृत समाजवादी)
म्यानपावर व्यवसाय, घरजग्गा कारोवारी
मुख्य प्रतिस्पर्धी – एकवाल मियाँ (नेकपा एमाले), रोहन कुमार (राप्रपा)
विक्रम पाण्डे – चितवन ३ (राप्रपा)
ठेकेदार, कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावरमा लगानी, पूर्व वनमन्त्री
प्रतिस्पर्धी – डा. भोजराज पोखरेल (माओवादी केन्द्र), रामचन्द्र न्यौपाने (नेकपा एमाले), दिनेश कोइराला (कांग्रेस बागी), जगन्नाथ पौडेल (कांग्रेस बागी)
बालकृष्ण शिवाकोटी – दोलखा (नेकपा एमाले)
मेगा बैंकका सञ्चालक, कालिन्चोक केवलकार, १ दर्जन भन्दा बढी उद्योग व्यवसाय
मुख्य प्रतिस्पर्धी – गंगा कार्की (माओवादी केन्द्र)
सुनिल शर्मा – मोरङ ३ (नेपाली कांग्रेस)
मेडिकल व्यवसायी, विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा लगानी
मुख्य प्रतिस्पर्धी – भानुभक्त ढकाल (नेकपा एमाले), रेखा थापा (राप्रपा)
राजेन्द्र बजगाईं – गोरखा १ (नेपाली कांग्रेस)
पर्यटन व्यवसायी
मुख्य प्रतिस्पर्धी – रामशरण बस्नेत (नेकपा एमाले), उदयबहादुर भट्ट (राप्रपा)
डा. वीरेन्द्र महतो – सिराहा ४ (जसपा)
व्यवसायी, माछापुच्छ्रे बैंकका अध्यक्ष
मुख्य प्रतिस्पर्धी – धर्मनाथ साह (नेकपा एस)
मोहन आचार्य – रसुवा (नेपाली कांग्रेस)
निवर्तमान सांसद, निर्माण व्यवसायी, रसुवा कन्स्ट्रक्सन
प्रतिस्पर्धी – छेवाङ तेन्जेन तामाङ (एमाले)
लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कामा अनियमितता गरेको आरोप
पूर्णबहादुर (कान्छाराम) तामाङ – रामेछाप (नेपाली कांग्रेस)
निर्माण व्यवसायी
प्रतिस्पर्धी – कैलाश ढुंगेल (नेकपा एमाले), देवशंकर पौडेल (नेकपा एस)
एलपी (लालप्रसाद) साँवा लिम्बु – झापा ४ (नेकपा एमाले)
राष्ट्रिय उद्योग व्यवसाय महासंघ, म्यानपावर व्यवसाय, जलविद्युत कम्पनीमा लगानी, निवर्तमान सांसद
प्रतिस्पर्धी – देउकुमार थेवे (नेपाली कांग्रेस), २०७४ सालमा थेवेलाई पराजित गरेको
दीपक खड्का – संखुवासभा (नेपाली कांग्रेस)
पर्यटन र जलविद्युत व्यवसायी, संखुवासभा कांग्रेस सभापति
प्रतिस्पर्धी – राजेन्द्र गौतम (एमाले)
नेपाल स्काउटको १२ रोपनी जग्गा कब्जा गरेको आरोप
२०७४ सालमा राजेन्द्र गौतमसँग पराजित हुन् भन्दा फरक पदैन । सचेत भया ।

5200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?