जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा रु. १३ लाख बीमा दाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा रु. १३ लाख बीमा दाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पोखरा सभागृह शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो।

कम्पनीले एक समारोहका बीच स्वर्गीय बीमित सुविन सुवेदीकी श्रीमती मञ्जु ढकाललाई बीमाबापतको १३ लाख रुपैयाँ भुक्तानी गरेको हो। पोखरा सभागृह शाखाका वरिष्ठ मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सेनाले ढकाललाई १३ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन्।

वैदेशिक रोजगारको सिलसिलामा रहेका बीमित सुवेदीको जापानमा बिरामीका कारण मृत्यु भएको थियो। उनले हिमालयन लाइफबाट वैदेशिक रोजगार म्यादी बीमा गराएका थिए।

दाबी भुक्तानी कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर कृष्णबहादुर भट्टराई, लक्ष्मण भट्टराई र एजेन्सी म्यानेजर विनिता सुवेदी भण्डारी, यामनारायण पौडेल लगायत स्थानीयको सहभागिता थियो।

3440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका