जोडिनुहोस
बुधबार, मंसिर ५, २०८१
बुधबार, मंसिर ५, २०८१
  • होमपेज
  • फोकसवान पेमेन्ट सोलुसन्स् र महालक्ष्मी विकास बैंकबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स् र महालक्ष्मी विकास बैंकबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स् र महालक्ष्मी विकास बैंकबीच भुक्तानी सेवा सम्झौता भएको छ ।

फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल वालेट र महालक्ष्मी विकास बैंकबीच भिजा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो भिजा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी १५ हजार भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार हाल मोको डिजिटल वालेटमा २० वटा बैंक तथा बितिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ ।

भिजा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपाल कै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स् हो । विषेश गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका