जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • ललिता निवास प्रकरणमा १६ पक्राउ, सरकारी जग्गा व्यक्तिको नाममा टिपोट उठाउने पनि परे

ललिता निवास प्रकरणमा १६ पक्राउ, सरकारी जग्गा व्यक्तिको नाममा टिपोट उठाउने पनि परे

ललिता निवास प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो।

विभागमा उनी शाखा अधिकृत हुँदा सरकारी जग्गा व्यक्तिको नाममा टिपोट उठाएको आरोप प्रहरीको छ। सिआइबीको टोलीले मंगलबार तीन जनालाई पक्राउ गरेको हो।

नापीका दुई कर्मचारी योगराज पौडेल र नारायणदत्त मिश्रलाई नियन्त्रणमा लिइएको हो। उनीहरू सो प्रकरणको समयमा नापी विभागमा कार्यरत थिए। यस्तै मालपोतका तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ।

3940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका