जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • आइएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

आइएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै नयाँ अफर ल्याएको छ । आइएमई पेले ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको हो ।

यही भदौ ८ देखि १२ गतेसम्म पाँच दिन चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एशिया कप’ प्रोमो कोडको प्रयोग गरी १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको  निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पेका सिईओ प्रविण रेग्मीले बताए ।

3100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका