जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • रुपन्देहीको दुई गाउँपालिकामा महालक्ष्मी बैंकको शाखा

रुपन्देहीको दुई गाउँपालिकामा महालक्ष्मी बैंकको शाखा

महालक्ष्मी विकास बैंक लिमीटेडले रुपन्देही जिल्लामा दुई नयाँ शाखाहरु संचालनमा ल्याई औपचारिक उद्घाटन गरेको छ ।

बैशाख ३० र ३१ गते जिल्लाको रोहिणी गाउँपालिका वडानम्बर ३ मा धकधई शाखा तथा ओमसतिया गाउँपालिका वडानम्बर १ मा ठुटीपिपल शाखा संचालनमा ल्याई औपचारिक उद्घाटन गरेको हो ।

धकधई शाखाको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सञ्जयकुमार यादवले दीप प्रज्वलनका साथ गरेका थिए भने ठुटीपिपल शाखाको उद्घाटन ओमसतीया गाउँपालिकाका अध्यक्ष हिरा केवट रावलले गरेका थिए ।

बैँकका नायब प्रमुखकार्यकारी अधिकृत दिपेश लम्सालले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गर्दै सोही अवसरमा उनले शाखा क्षेत्रमा बैकिङ्ग कारोबार लगायत स्थानीयहितका संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका अझ प्रभावकारी कार्यक्रमहरु गर्ने जानकारी गराएका थिए ।

बैंकको अब देशभर शाखा संख्या ९३ पुगेको छ भने ३५ ठाउँमा एटीएमको सञ्जाल बिस्तार गरिसकेको छ । बैंकमा हाल ४लाख ४० हजार भन्दा बढी ग्राहक रहेका छन् ।

7400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका