जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • प्रत्येक जिल्लामा कम्तिमा एउटा सार्वजनिक निजी साझेदारी आयोजना संचालन गरौँ, अध्यक्ष ढकाल

प्रत्येक जिल्लामा कम्तिमा एउटा सार्वजनिक निजी साझेदारी आयोजना संचालन गरौँ, अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका ७७ वटै जिल्लामा कम्तिमा एउटा वृहत व्यावसायिक आयोजना संचालन गर्नुपर्ने बताउनुभयो। जिल्ला समन्वय समितिकाद्वारा आयोजना गरिएको समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाइ शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढकालले हरेक जिल्लामा आर्थिक गतिविधि बढाउन र तहाँ उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्न सार्वजनिक निजी साझेदारीमा कम्तिमा एउटा वृहत व्यवसायिक आयोजना संचालन गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो।

यसबाट जिल्लामा उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्दै जिल्लामा आर्थिक गतिविधि बढाउन सकिने र स्थानीय रूपमा राजश्व संकलन तथा रोजगारी सृजना हुन सक्ने भन्दै महासंघ र जिल्ला उद्योग वाणिज्य संघहरु सरकारसँग सहकार्य गर्न तत्पर रहेको उहाँको भनाइ छ। उहाँले सरकार तथा निजी क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई आग्रह समेत गर्नुभयो।

2625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका