जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • बैंकिङ कसूर मुद्दामा फरार श्रेष्ठ पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार श्रेष्ठ पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने धुव्रेन्द्र बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र १८ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

श्रेष्ठले एभरेष्ट बैंक लिमिटेड कलंकी शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

1415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?