जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • १२ निजीवन बीमा कम्पनी र ९ जीवन बीमा कम्पनी बीच मर्जर, उच्च व्यवस्थापन बीचको टसल र मनमुटावले सरुवा र सेवा सुविधाको आतंकः नेपाल बीमा प्राधिकरण बेखबर !

१२ निजीवन बीमा कम्पनी र ९ जीवन बीमा कम्पनी बीच मर्जर, उच्च व्यवस्थापन बीचको टसल र मनमुटावले सरुवा र सेवा सुविधाको आतंकः नेपाल बीमा प्राधिकरण बेखबर !

नेपालका जीवन र निजीवन बीमा कम्पनीहरुको मर्जर वर्ष नै बन्यो २०७९ साल भन्दा फरक पर्दैन । तर, मर्जरले बीमा कम्पनीहरुमा दर्जनौ समस्याहरु देखापरेको भेटिएको छ । अधिकाशं मर्जर भएका जीवन निजीवन बीमा कम्पनीहरुभित्र कर्मचारी मिलान देखि तलब सुविधाकै कारण उच्च व्यवस्थापन बीच मनमुटाव र टसल बढेसंगै कम्पनी भित्र सुशासन भत्कीएको बीमा लेख बिक्री घटेको मात्रै छैन, कर्मचारी उजुरी लिएर नेपाल बीमा प्राधिकरण पुगेको भेटिएको छ भन्दा फरक पर्दैन । मर्जरपछि सीइओ र निरिह कर्मचारी बीच विवाद बढेसंगै शाखा बन्द देखि कर्मचारी सरुवा आतंकसम्म बढेको भेटिएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । मर्जरले कम्पनीहरुमा सिनर्जी ल्याउने, पुँजी बृद्धि हुने, व्यवसाय गर्न अझै सजिलो बन्ने भन्दै १२ निजीवन र ९ जीवन बीमा कम्पनी मर्जर भए तर, पुँजी बृद्धि भएपनि अरु कुरामा अझै समस्या देखिएको छ । यसका लागि नेपाल बीमा प्राधिकरणले समयमै कडा निर्देशन दिनु जरुरी देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी बढाउन दबाव दिएसँगै आर्थिक वर्ष २०७९÷८० मा १२ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनी मर्जरमा गए । भन्दा फरक पर्दैन । मर्जरपश्चात् हाल १४ वटा निर्जीवन र १४ वटा जीवन बीमा गरी हाल २८ वटा बीमा कम्पनीहरु (लघुबीमा बाहेक) सञ्चालनमा छन् । कम्पनी मर्ज भएपछि विभिन्न सूचकमा सिनर्जी देखिने भन्दै मर्जरको विकल्प रोजेका कम्पनीहरुमा पछिल्लो समय विभिन्न समस्याहरु देखिन थालेका छन् ।

गत एक वर्षमा कुल २१ वटा बीमा कम्पनीहरु मर्जरमा सामेल भए । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी बढाउन दबाव दिएसँगै आर्थिक वर्ष २०७९÷८० मा १२ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनी मर्जरमा गए । भन्दा फरक पर्दैन । मर्जरपश्चात् हाल १४ वटा निर्जीवन र १४ वटा जीवन बीमा गरी हाल २८ वटा बीमा कम्पनीहरु (लघुबीमा बाहेक) सञ्चालनमा छन् । कम्पनी मर्ज भएपछि विभिन्न सूचकमा सिनर्जी देखिने भन्दै मर्जरको विकल्प रोजेका कम्पनीहरुमा पछिल्लो समय विभिन्न समस्याहरु देखिन थालेका छन् । मर्जरपछि कम्पनीहरुका उच्च व्यवस्थापनबीच समन्वय हुन नसकेर मनमुटावको वातावरण सिर्जना भएको भेटिएको छ । बीमा कम्पनीहरुमा (विशेष त मर्जरमा समावेश भएका कम्पनीहरुमा) एक दर्जन बढी समस्या देखिएको छ । कम्पनीहरुमा कर्मचारी समायोजन उच्च व्यवस्थापनको सेवा सुविधा र जिम्मेवारी लगायत विषयमा समस्या सिर्जना हुन थालेको छ । यसले आर्थिक जोखिमाङ्कन फितलो हुनेसम्मका समस्याहरु भएको छ भन्दा अब फरक पर्दैन ।

मर्जर भएका कम्पनीका कर्मचारीका सेवा सुविधा तथा जिम्मेवारी र सरुवा गरिरहेका छन् । जसले कर्मचारीहरुलाई मर्का परेको भन्दै कम्पनीका कर्मचारी संगठन मार्फत् प्राधिकरणमा उजुरी परिरहेको नेपाल बीमा प्राधिकरण उच्च स्रोतको दाबी छ । मर्जरमा गएका कम्पनीहरुले शाखा कार्यलयहरुको स्तर घटाउनेदेखि कार्यालय बन्द गराउन लागेको पाइएको छ ।

प्राधिकरण स्रोतकाका अनुसार मर्जरमा गएका कम्पनीले मर्जरपछि पेश गर्नु पर्ने कर्मचारी विनियमावली तथा आर्थिक प्रशासन विनियमावली पेश गरेका छैनन् । मर्जर भएका कम्पनीका कर्मचारीका सेवा सुविधा तथा जिम्मेवारी र सरुवा गरिरहेका छन् । जसले कर्मचारीहरुलाई मर्का परेको भन्दै कम्पनीका कर्मचारी संगठन मार्फत् प्राधिकरणमा उजुरी परिरहेको नेपाल बीमा प्राधिकरण उच्च स्रोतको दाबी छ । मर्जरमा गएका कम्पनीहरुले शाखा कार्यलयहरुको स्तर घटाउनेदेखि कार्यालय बन्द गराउन लागेको पाइएको छ । सो कार्य गर्नको लागि स्वीकृति माग्दै कम्पनीहरु नेपाल बीमा प्राधिकरणमा पुगेका छन् भन्दा फरक पर्दैन । मर्जर भएमा निजीवन र जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणमा फरक–फरक विवरण पेश गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षकोे विवरण र अनलाईन मार्फत् पेश गरेको तथ्याङकमा भिन्नता पाइएको भेटिएको छ हेक्का होस् । कम्पनीहरुले सेयर खरिदबिक्री हस्तान्तरणको लागि फिट एण्ड प्रपर टेष्ट गर्न आवश्यक कागजात पेश गर्नुपर्नेमा सो पेश नगरेको देखिन्छ ।

अधिकांश कम्पनीले बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याएका छन् । यसमा मर्जरमा गएका कम्पनीहरुको प्रयासमा कमी देखिएको छ । जीवन बीमकको हकमा मर्जर हुँदाको दिन अघिको वित्तीय विवरण र बिमाङकीय मूल्यांकन पहिलो साधारणसभाबाट पारित गर्ने निर्देशनमा दुविधा रहेको भेटिएको छ । बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब सुविधा वृद्धि गर्नुपर्ने माग आइरहँदा उनीहरुको सुविधा बढाउन औचित्य प्रमाणित नभएको नेपाल बीमा प्राधिकरणको तर्क छ ।

नेपाल बीमा प्राधिकरणद्वारा म्याद तोकेर माग गरिएकोे कागजात तथा विवरणहरु पनि म्यादभित्र पेश नभएको भेटिएको छ । मर्जरअघिको साधारण सभा, वित्तीय विवरण स्वीकृति तथा कर चुक्ता विवरण पनि कम्पनीहरुले बुझाउन बाँकी रहेको देखिन्छ । बीमा कम्पनीहरुले बुझाउनु पर्ने श्रम अडिट विवरण पनि प्राधिकरणलाई बुझाएका छैनन् । अधिकांश कम्पनीले बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याएका छन् । यसमा मर्जरमा गएका कम्पनीहरुको प्रयासमा कमी देखिएको छ । जीवन बीमकको हकमा मर्जर हुँदाको दिन अघिको वित्तीय विवरण र बिमाङकीय मूल्यांकन पहिलो साधारणसभाबाट पारित गर्ने निर्देशनमा दुविधा रहेको भेटिएको छ । बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब सुविधा वृद्धि गर्नुपर्ने माग आइरहँदा उनीहरुको सुविधा बढाउन औचित्य प्रमाणित नभएको नेपाल बीमा प्राधिकरणको तर्क छ । मर्जरपछि आर्थिक जोखिमाङ्कन फितलो भएको, आर्थिक क्षमता भन्दा बढीको जोखिमाङकन (अण्डरराइटिङ्ग) गरेको, आम्दानीको पुष्टी हुने कागजात नलिएको, हितकारी भन्दा असम्बन्धित व्यक्ति, अभिकर्ता जस्ताको खातामा दावी भुक्तानी गरेको जस्ता समस्या देखिएको भेटिएको छ । मर्जर भइसकेपछि पनि मर्जर अघिका साविक बीमकको नामका कागजात (प्रस्ताव फारम, स्वास्थ्य घोषणा आदि) प्रयोग हुने गरेको भेटिएको छ । यो खोजीको विषय बनेको छ । सचेत भया । (राजतिलक साप्ताहिक, वर्ष ११ अंक ७ वाटा साभार गरिएको)

3880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका