जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यायल सिर्जनाचोकमार्फत पोखरा महानगरपालिका–८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ।

उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका थिए।

बैंकले श्रीकृष्ण जन्माष्टमीका अवसरमा समितिद्वारा आयोजित श्रीकृष्ण प्राकट्य महामहोत्सव कार्यक्रमबीच उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेको थियो।

कार्यक्रममा पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बराल, मन्दिर व्यवस्थापन समितिका अन्य सदस्य, भक्तजनका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो।

यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ।

4865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?